देश/प्रदेश

हुम्लाका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण

By खबरहब

June 29, 2023

काठमाडौँ- हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण गरिएको छ । वडा नं ३ को लिमाटाङ, टल्की र गुम्बा गाउँका विपन्न घरधुरीलाई सोलार वितरण गरिएको हो । अन्धकारमा कोही रात कटाउन नपरोस् भनेर बत्तीको पहुँच नपुगेका घरपरिवारले सजिलै उज्यालो बत्ती पाउन सकून भन्नका लागि सोलार सहयोग गरिएको हो ।

विद्युतीय ऊर्जाको अभावमा लामो समयदेखि समस्या झेलिरहेका विपन्न नागरिकले सोलार पाएपछि खुसी भएका छन् । हुम्ला अहिलेसम्म पनि केन्द्रीय प्रसारण लाइनमा जोडिन सकेको छैन । लिमाटाङ गाउँमै पुगेर सोलार वितरण गरिएको हो ।

दुई वटा बल्व, एउटा सोलार पाता, व्याट्रीसहित सोलार बत्ती वितरण गरिएको हो ।तेस्रो ध्रुव संरक्षण परियोजना उकालीको आयोजनाका साथै संयुक्त राष्ट्र विकास कार्यक्रमको विश्व अमेरिकी गैरसरकारी संस्था र जीईएफ स्मल ग्रान्ड फन्ड (एसजीपी) यूएनडीपी, सिमकोट गाउँपालिका आर्थिक सहयोगका साथै क्यानडामा रहेका पेमा लामाको व्यतिगत आर्थिक सहयोगमा सोलार सहयोग गरिएको हो ।

सोलार वितरण कार्यक्रममा लिमाटाङ गाउँमै पुगेर सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, वडा नं ३ का वडाध्यक्ष पामा लामालगायत सहयोगी संस्थाका पदाधिकारीको उपस्थिति थियो ।