अरुको संगीतमा सन्तुष्टि मिलेन | Khabarhub Khabarhub

अरुको संगीतमा सन्तुष्टि मिलेन

रामायणमा संगीत भरेर लोकार्पणको तयारी


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपाली संगीतमा एउटा चर्चित नाम हो लोचन भट्टराई। संगीत र गायन क्षेत्रमा उहाँको छुट्टै पहिचान छ। भट्टराई स्वर सम्राट् नारायण गोपालको समीपमा आफ्नो गायन कला प्रस्तुत गर्नुहुँदै नेपाली संगीत आकाशमा परिचय बनाउन सफल हुनुभएको हो। उहाँको नाम सुन्ने बित्तिकै धेरै मानिसका कानमा उहाँका गीत र सुरिलो स्वर गुन्जिन थालिहाल्छ। उनै कर्णप्रिय गायिका एवम् संगीत स्रष्टा लोचन भट्टराईसँग प्रभा बरालले गरेको कुराकानीको सम्पादित अशः

तपाईंको सांगीतिक यात्रा कसरी सुरु भयो ?
बच्चा उमेरमा गाउन मनलाग्ने हुन्थ्यो। मन लागेर पनि गाउन धेरै स्टेज नपाइने भएकाले जसले जहाँ गाउन बोलाउनु हुन्थ्यो। त्यो ठाउँमा गएर गाइन्थ्यो। त्यो बेलाको समयमा महिलालाई पछि पारिन्थ्यो। मेरो बाबाको म सानो हुँदा नै मृत्यु भयो। मेरो चरित्रमा कुनै दाग नलागोस् भन्ने इच्छा आमाको थियो। त्यो बेला गाउन कस्तो ठाउँमा जाने भन्ने निर्णय आमाको हुन्थ्यो। राति नजाने भएकाले जस्तो ठाउँमा जाँदा आफ्नो स्वाभिमानमा आँच आउँदैनथ्यो त्यो ठाउँमा मात्र जान दिनुहुन्थ्यो। त्यही ठाउँमा गएर गाइन्थ्यो।

अहिलेसम्म आउँदा नेपाली सांगीतिक क्षेत्रमा के कस्तो परिवर्तन पाउनुभयो ?
स्रष्टा भनेको कुनै विशेष कलाकारिता भित्रको पनि खास उपज हुनुपर्छ। तब मात्र स्रष्टा हुने हो। म विशेषत गायनको माध्यमबाट साहित्यको सेवा गर्न चाहन्छु। त्यस कारण हामीले साहित्यको भण्डारणलाई भर्ने हो भने साहित्य सङ्गीतमा प्रवेश गराउन सकिन्छ। त्यसैले अहिले मैले काव्य नै गाउने प्रयास गरेको छु।

स्वर सम्राट नारायण गोपालको समीपमा तपाईंले सांगीतिक यात्रा सुरु गर्नुभएको त्यो कालखण्डलाई नेपाली संगीतको स्वर्णीम कालखण्ड पनि भनिन्छ। यसलाई कसरी व्याख्या गर्नु हुन्छ ?
नारायण गोपाल दाइहरूको समय वास्तवमै एउटा स्वर्णिम युग थियो। जुन किसिमबाट नारायण गोपाल दाइले गीत गाउनुभयो। उहाँ भन्दा अघिल्लो पुस्तासम्म खोज्दा पनि साहित्यमा त्यत्ति गहनता हामी पाउँदैनौँ। त्यो गहनता त्यो युगमा आयो। जसमा गोपाल योन्जन, नारायण गोपाल त्यो भन्दा अगाडि नातिकाजी दाइले यसलाई सुरु गर्नुभएको थियो। यसरी आउँदा जुन किसिमको स्वर्णिम युग थियो, त्यसलाई अहिले हामीले बिर्सिरहेका छौँ।
हामीले जहिले पनि आफ्नो अस्तित्त्व चाहन्छौँ भने अस्तित्त्व राख्नको लागि केही योगदान राख्नुपर्छ। त्यसैले त्यो युगमा उहाँहरू गीत गाउन मात्र जन्मिनु भएको थिएन। नेपाली साहित्यको सेवा गर्न जन्मिनु भएको थियो। पछिल्लो समय हामी मेरो लागि भनेर गाइरहेका छौँ। आफ्नो लागि मात्र गायनमाा लाग्यो भने आफू नरहँदा त्यो पनि रहँदैन।

अहिले तपाईंहरुले स्वर्णिम गायन समूहको गठन र स्वर्णिम सङ्गीत साँझ भनेर आयोजना गर्दै हुनुहुन्छ र यो किन गर्दै हुनुहुन्छ?
यो पुराना गायक तथा सङ्गीतकार किरण प्रधानको सोचले भएको काम हो। हामीले एउटा समूह बनाएर केही कार्यक्रम गर्दै अगाडि बढौं भनेका छौं। यस्ता समूह नहुँदा अहिले पहिलाका गायक गायिका बीचमा सम्बन्ध विच्छेद भएको जस्तो भएको छ। हामीले प्रत्यक्ष प्रतिभा नै प्रस्तुत गर्नुपर्ने भएर प्रतिभा माझिरहने एउटा अवसर यो समूहले दिन्छ। पछिल्लो समय हामी एक अर्काको खोजी गर्दैनौँ। कतिपय कलाकार घरमा सीमित भएर बस्नु भएको छ। यसले कतिलाई मार्का पनि परिरहेको हुनसक्छ। त्यसैले मित्रता र स्नेहको आदान प्रदान गर्ने र हामीलाई ऊर्जा मिलोस् भनेर यो समूह स्थापना गरेका हौँ। यसमा हामी सबै सर्जक बसेर, सबै गीत सङ्गीतलाई समेटेर अगाडि बढ्ने विषयमा छलफल गर्छौं। अहिलेको हाम्रो प्रयास भोलि गएर एउटा दस्तावेजको रूपमा आयोस् भन्ने हाम्रो चाहना हो।

तपाईं पनि यो बीचमा कहाँ हराउनु भएको छ ?
हामी नेपाली साहित्यमा पहिलो मौलिक साहित्यको रूपमा आदिकवि भानुभक्त आचार्यको रामायणलाई लिन्छौँ। रामायण विविध ८ किसिमको छन्दमा लेखिएको काव्य हो। पुरै पुस्तकमा १३ सय १९ श्लोक छन्। त्यो सबैलाइ छन्दको सूत्र नबिगारी नै संगीत भर्ने काम गरेको छु। । यसलाई तयार गर्दा साढे १६ घण्टाको हुन आयो। अहिले यसको लोकार्पणको लागि विशेष दौडधुपमा लागिपरेको छु।

पहिला तपाईंले गायन क्षेत्रमा आफूलाई अगाडि बढाउँदै गर्नुहुँदा र अहिले आफैले संगीत भरेर सिर्जना तयार पार्दा कस्तो फरक पाउनुभयो ?
मेरो २०४५ सालमा नारायण गोपाल दाइसँग भेट भयो। म सहित्यको कुरा गर्थेँ। उहाँले मलाई तिमीले आफैले सङ्गीत गर्न सक्छौँ भन्नु भएको थियो। पछि मैले भीमदर्शन रोक्कालाई भेटेँ। जसले नेपाली साहित्यमा रुवाई शैली भित्र्याउनुभयो। उहाँले २०५९ सालमा विशुद्ध मुक्तकको एल्बम तयार गर्दा मैले गर्न सक्छु होला भन्ने आँट आयो।
मैले सङ्गीत सुरु गर्नुको प्रमुख कारण भनेको हामी गीत गाउँदा ह्रस्व र दीर्घलाई ख्याल नै गर्दैनौँ। जहाँ विश्राम चाहिने हो त्यहाँ त्यो नै भएको छैन। मैले अरूको सङ्गीत गाउँदा त्यो सन्तुष्टि मलाई मिलेन। मैले पहिलो पटक ‘तारा नउदाएको आकाश’ एल्बममा संगीत गरेको हुँ। त्यो एल्बम रिलिज भएपछि मैले अरु साहित्यकारबाट राम्रो प्रेरणा पाएँ।

अहिलेको सङ्गीत फरक छ भनिन्छ। बजारमा भाइरल भइरहेका संगीतलाई कसरी हेर्नुभएको छ?
अहिलेको युग भनेको अन्तिम कलियुग हो। त्यसमा कतिसम्म विसंगतीहरु हुन्छन् ? एउटा मानव कति निर्दयी र कति क्रूर बन्छ ? यो समयमा मानिस कति पतित हुन्छ भन्ने कुरा रामायणमा उल्लेख छ। त्यस कारण त्यसको परिणाम हो यो। तर हामीले कुनै ठाउँमा सुन्तलाको विरुवा ल्याएर रोप्यौँ भने त्यसको वरिपरि त्यो माटोमा अरु झारहरू पनि उम्रिन्छन्। सुन्तला रोपिसकेपछि हामीले त्यसलाई गोडमेल गर्नुपर्ने थियो। त्यो हुन सकेन। यसको अर्थ यहाँ सङ्गीतमा पनि गोडमेल गर्ने संस्थाहरू छैनन्। हामी स्वयम्ले पनि मेरो आवाज राष्ट्रको लागि पनि होस् न त भन्ने सोच्यौँ भने गहकिलो कुराहरू जन्मिने हो। हैन मैले पैसा कमाउनुपर्छ, म अगाडि आउनुपर्छ भन्यो भने अहिलेको राजनीतिक नेताजस्तै भोलि हामी पनि काम नलाग्ने हुन्छौँ।

के गर्दा सुधार होला त ?
अहिलेको समयमा प्रविधिले धेरैलाई गायक बनाएको छ। तर यो कुरा विदेशमा लागु हुँदैन। विदेशमा अलिकति गला हुनुपर्छ। तर हाम्रोमा रहर र पैसा छ भने साधारण गीत बनाइहाल्यो। प्रविधिले गर्दा मानिसलाई गीत गाउन सजिलो रहेछ है भन्ने भइसकेको छ। तर मेरो पालामा रेडियो नेपालमा लाइभ गाउनु पर्नेहुन्थ्यो। त्यसमा मैले बिगारे भने ‘रिटेक’ हुन्थ्यो। रेडियो नेपालमा ‘रिटेक’ गराउनु भनेको साह्रै लज्जास्पद हुन्थ्यो। खासमा प्रविधि मूलक भइसकेपछि हामीमा फितलोपना आयो। हामी शब्द छनोट गर्दैनौँ। सङ्गीत त खाएर अघाउने चिज थिएन। संगीत मानसिक पोषण हो। तर अहिले हामी संगीतमा त्यो दिइरहेका छैनौँ। यसमा सबै संगीतकर्मी सचेत हुनुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार सामग्री)

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ११ बजे

वाणिज्य दूतावासमा आक्रमणपछि बङ्गलादेशले भारतीय राजदूतलाई बोलायो

एजेन्सी – छिमेकीबीचको तनावपूर्ण सम्बन्धमा पछिल्लो घटनामा भारतमा रहेको आफ्नो

दूधमतीको भूभाग सीमाङ्कन गरिने

महेन्द्रनगर – ऐतिहासिक तथा धार्मिक महत्वको दूधमती नदीको अतिक्रमित प्राकृतिक

विवाह पञ्चमीको तेस्रोदिन मनाइयो धनुषयज्ञ

धनुषा – जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन आज

दक्षिण कोरियामा सैनिक शासन घोषणा !

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति यून सुक-योलले देशमा सैनिक शासन

यस्तो छ नेपाल-चीन १२ बुँदे वक्तव्य

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा नेपाल