एनआरएनए कतारको अध्यक्षमा भट्ट निर्वाचित  « Khabarhub

एनआरएनए कतारको अध्यक्षमा भट्ट निर्वाचित 


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् । भट्ट निकतम प्रतिद्वन्द्वी पदम गिरीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै, प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्वितीय उपाध्यक्षमा केशव राज कार्की, तृतीय उपाध्यक्षमा सन्दिप कुमार भट्टराई, महासचिवमा रविन मगर, सचिवमा ओम बहादुर क्षत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी विजयी भएको निर्वाचन संयोजक क्रान्ति सिंहले जानकारी दिए ।

संयोजक सिंहका अनुसार कोषाध्यक्षमा, बुद्धबहादुर पाण्डे र सह कोषाध्यक्षमा झपिन्द्र आचार्य चयन भएको बताए । 

युवा संयोजकमा मेहेन्द्र सिंह तामाङ, महिला संयोजकमा सुष्मा खतिवडा कटवाल चयन भएकी छन् । लेखा समिति संयोजकमा कविन्द्र कँडेल तथा लेखा समिति सदस्यहरूमा गिरिराज दुवाडी र विकास लामा निर्वाचित भएका छन् ।

यसैगरी समितिको सदस्यहरूमा इनुस मोसिन, इसिलाल पण्डित, झपिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत, दुर्गाबहादुर बिक, टङ्क बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, बिनोद राना मगर निर्वाचित भएका छन् ।

यस्तै विष्णु सापकोटा, मो. अजाद मन्सुर, मो. कौसर रम्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, सन्तोष कुवर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदीप पाठक र श्याम प्रसाद पौडेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : १४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर