नेपाली सुगम सङ्गीतमा एक व्यक्ति भएर विभिन्न परिचय बोकेर पनि नेपाली सङ्गीतलाई धेरै माया गर्ने व्यक्तिको नाम हो पिटर जे. कार्थक। पिटरको जन्म सन् १९४३ डिसेम्बर १२ मा भारतको असम राज्य शिलोङमा भएको हो। कार्थक नेपाली आधुनिक सङ्गीतमा एक वाद्यवादकको रूपमा प्रवेश गर्छन्।
अम्बर गुरुङको साङ्गीतिक टोलीमा एक वाद्यवादकको रूपमा सम्बद्ध भएका कार्थकले आफै एक सांगीतिक टोली सुरु गरेर हिलियन नामबाट दार्जिलिङ सिक्किमको ग्यान्टुकमा पनि कार्यक्रम प्रस्तुत गर्छन्। हिलियनका गायकका रूपमा उनले ‘मायालुलाई धेरै धेरै’ जस्ता गीतहरू गाए र त्यति बेलाको रक साङ्गीतिक समूहका एक परिचायक पात्र पनि भए।
पिटरको जन्म सन् १९४३ डिसेम्बर १२ मा भारतको असम राज्य शिलोङमा भएको हो। कार्थक नेपाली आधुनिक सङ्गीतमा एक वाद्यवादकको रूपमा प्रवेश गर्छन्।
कार्थकले गुरु अम्बर गुरुङदेखि लिएर अन्य कलाकारका साथमा पनि सहकार्य गरे। उनको अत्यन्त घनिष्ठ मित्र गोपाल योञ्जन, रञ्जित गजमेर, फुर्वा शेर्पा जस्ता संगीतकारसँग पनि सहकार्य भयो।
शरणरंजीतको साङ्गीतिक टोलीबाट रञ्जित गजमेर अलग भएर नेपाल आएपछि रञ्जित गजमेर नामबाट एकल सङ्गीतकारका रूपमा उनले सङ्गीत गरेको पहिलो गीतका गीतकार नै कार्थक हुन्। त्यो ‘धेरै धेरै भइसक्यो’ बोलको गीत हो। रञ्जित गजमेरले शरणरंजीतको सांगीतिक जोडीबाट छुटेपछि बनाएको पहिलो यो गीतमा नेपालका र नेपाल बाहिर पनि चर्चित मानिएका गायक प्रेमध्वज प्रधानले स्वर दिनुभएको थियो।
रञ्जित गजमेरसँग २० को दशमा नै सहकार्य गरेका कार्थकले गोपाल योञ्जनका धेरै गीतहरूमा पनि बाजा बजाएका छन्। विशेष गरेर आफ्नो गितार वादनको लागि प्रख्यात कार्थकले गीतको सङ्गीत संयोजन, बाजाहरूको मिश्रण लगायतका कुराहरूमा सक्रिय रूपमा ध्यान दिँदै आएका थिए।
कार्थकले गुरु अम्बर गुरुङदेखि लिएर अन्य कलाकारका साथमा पनि सहकार्य गरे। उनको अत्यन्त घनिष्ठ मित्र गोपाल योञ्जन, रञ्जित गजमेर, फुर्वा शेर्पा जस्ता संगीतकारसँग पनि सहकार्य भयो।
गोपाल योन्जनको सङ्गीत नारायण गोपालको स्वरमा गाइएका कयौँ गीतहरू ‘गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला’, ‘लौ सुन म भन्छु मेरो रामकहानी’, ‘सारा दिन अरूलाई बाँडे’ जस्ता धेरै गीतहरूमा वाद्यवादकको रूपमा गोपाल योञ्जनसँग सम्मेलित भएका कार्थकको नाम सदैव जोडिएको छ।
एक वाद्यवादक, गीतकार, सङ्गीतकर्मीका अलावा कार्थकको अर्को परिचय कथाकार हो। उनले आफ्ना कथाहरूको संग्रह ‘पिटर जे. कार्थकका कथाहरू’ भनेर साझा प्रकाशनबाट प्रकाशन भएका छन्। २०३१ सालमा उनले लेखेको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ अर्को कृति हो। यो कार्थकको नेपालीमा लेखिएको पहिलो र नौलो उपन्यास हो। यो उपन्यास सात खण्डमा विभाजित छ। सङ्गीतका सात सुरबाट यसको अध्याय लेखिएको छ। यसको मूल गुरुको रूपमा अम्बर गुरुङलाई राखिन्छ। यो पुस्तकमा शंकर लामिछानेले आफ्नो जीवनकालको महत्त्वपूर्ण भूमिका लेखेका छन्।
यो शङ्कर लामिछानेले २०३२ साल माघ १० गते निधन हुनु भन्दा अगाडि लेखेको एक महत्त्वपूर्ण भूमिका हो। यो भूमिकामा उनले पिटर जे कार्थकको लेखनको व्यापक तारिफ गरेका छन्। तर कार्थक यही एउटा उपन्यास पश्चात् लेखनबाट हराए। तर गीत सङ्गीतका बारेमा सोधखोज पूर्ण लेख अङ्ग्रेजीमा लेखिरहे। उनी नेपाली र अंग्रेजी दुवै भाषामा लेख्न सक्थे।
एक वाद्यवादक, गीतकार, सङ्गीतकर्मीका अलावा कार्थकको अर्को परिचय कथाकार हो। उनले आफ्ना कथाहरूको संग्रह ‘पिटर जे. कार्थकका कथाहरू’ भनेर साझा प्रकाशनबाट प्रकाशन भएका छन्।
उनले नेपाली गीतसङ्गीतका कलाकारका बारेमा लेखेका पुस्तकहरू मध्ये ‘नेपाली सङ्गीत सर्जक’ जुन हिमाल बुक्सबाट प्रकाशन भयो। रामशरण दर्नालको नेपाली सङ्गीतका साधक पछिको महत्त्वपूर्ण पुस्तक कार्थकको ‘नेपाली सङ्गीत सर्जक’ मान्न सकिन्छ। यद्यपि यसलाई विभिन्न कलाकारका परिवारले विवादका रूपमा ल्याएर पनि यो पुस्तकलाई चर्चामा ल्याइयो। विवादमा रहेका कुरा धेरै छन्। उनले एउटै पात्रलाई धेरै किसिमले हेरेका छन्। उनले आफ्नै गुरु अम्बर गुरुङको पनि आलोचना गरेका छन्।
नेपाली सङ्गीत अध्ययन गर्नका लागि एकदमै महत्त्वपूर्ण उर्दुका प्रसिद्ध लेखकसआदत हसन मंटोको मिनाबाजार लेखिएको शैलीमा पिटर जे. कार्थकले यो कृति लेखेका छन्। यो पहिला नेपाली मेलोडी म्युजिक मेकर्स नामबाट अङ्ग्रेजीमा प्रकाशन भएको थियो।
अंग्रेजीमा प्रकाशन हुँदा यो त्यत्ति चर्चा भएको थिएन। किनकी अंग्रेजीका पाठकहरू कम थिए होलान्। नेपालीमा निस्किएपछि यसको चर्चा भयो। यो पुस्तक अहिले बजारमा उपलब्ध छ। नेपाली सङ्गीतमा लेखिएका धेरै महत्त्वपूर्ण किताबहरूको शृङ्खलामा रामशरण दर्नालको वा अरूको पुस्तक होस् त्यत्ति नै महत्त्वपूर्ण छ।
‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ अर्को कृति हो। यो कार्थकको नेपालीमा लेखिएको पहिलो र नौलो उपन्यास हो। यो उपन्यास सात खण्डमा विभाजित छ। सङ्गीतका सात सुरबाट यसको अध्याय लेखिएको छ।
नेपाली सङ्गीत सर्जकमा उनले ओझेलमा परेका धेरै सङ्गीत साधकको चर्चा गरेका छन्। जसमध्ये गायका सङ्गीता सुब्बाको नाम आउँछ। त्यसैगरी तुल्सी गजमेर, इन्द्र थपलिया वा शेखर दीक्षितहरुको चर्चा छ। यो कृतिमा कार्थकले उठाएको विषय नेपाली सङ्गीत इतिहासलाई एउटा लामो भर्याङ बनाउन सघाउने कुरा प्रमाणित हुन्छ। कार्थकको अर्को बलियो पक्ष कथा लेखक हो। उनको ‘सुपारिको रुख’ भन्ने कथा छापियो। त्यसपछि यो कथाको धेरै चर्चा भयो। यति राम्रो कथा लेख्ने कार्थकको पिटरका कथाहरू साझा प्रकाशनबाट साह्रै नराम्रोसँग छापिएर आयो। जुन कृतिको आवरण लतपत थियो। शब्दहरू जथाभावी छापिएका थिए। तर पुस्तकको चर्चा धेरै थियो। पिटरका कथाहरू प्रत्येक ठाउँमा नेपाल सङ्गीत सर्जकबाहेक उनले अंग्रेजी लेखिएका काठमाडौँ सम्बन्धी स्मरणका किताब पनि प्रकाशित छ।
कार्थकको अर्को बलियो पक्ष कथा लेखक हो। उनको ‘सुपारिको रुख’ भन्ने कथा छापियो। त्यसपछि यो कथाको धेरै चर्चा भयो।
कार्थक सङ्गीतका एक वाद्यवादकका रूपमा चिनिन्छन् उनले वाद्यवादन गरेका धेरै गीतहरू नारायण गोपालले गाएका छन्। उनी नारायण गोपालका अत्यन्त निकटका मित्र हुन्। किनभने कार्थकको ससुराली र नारायण गापालको मूल घर नजिक हुनाले पनि यी दुई बीचमा आत्मीयता रह्यो। नारायण गोपालले यिनलाई सुनहरिको ज्वाइँ भनेर चिन्दछन्। दुवै जना बसेर कुनै समय यात्रा र जलपान गरेको समेत लेखेका छन्।
लेखन र सांगीतिक यात्रा दुवै उनको दार्जिलिङबाट सुरु भयो। अम्बर गुरुङसँग वाद्यवादकका रूपमा काम गरेका कार्थकले अम्बर गुरुङबाहेक गोपाल योञ्जन, कर्म योञ्जन, रजीत गजमेर, शरण प्रधान सबैसँग काम गरेका छन्।
कार्थकले पछिल्लो समय कलेजमा पढाउँदै गर्दा स्वागत समारोहमा पनि सहकर्मीहरू रिद्धि बज्राचार्य, सुनिल चित्रकार, गणेशप्रसाद श्रेष्ठका साथमा पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसमा वाद्यवादका रूपमा मञ्चमा उपस्थित भएका थिए। यी सबै पाटो र परिचय भएका कार्थकको कोरोनाको दोस्रो समयमा निधन भयो। क्रिश्चियन परिवारमा जन्मिएका कार्थक ल्याप्चे जातित्त्वको प्रतिनिधित्त्व गर्नुहुन्थ्यो। तर उनले निधन भएपछि आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गरिदिन इच्छा राखेका थिए। त्यही अनुसार उनको पत्नी र छोराले कार्यभार सम्हाले।
लेखन र सांगीतिक यात्रा दुवै उनको दार्जिलिङबाट सुरु भयो। अम्बर गुरुङसँग वाद्यवादकका रूपमा काम गरेका कार्थकले अम्बर गुरुङबाहेक गोपाल योञ्जन, कर्म योञ्जन, रजीत गजमेर, शरण प्रधान सबैसँग काम गरेका छन्।
कार्थक नहुनुमा सङ्गीतमा ठुलो क्षति भएको महसुस गर्छु। सङ्गीतको सानो सानो कुराको अध्ययन, नेपाली सङ्गीतको स्वर्णिम युगका ती चमत्कार पूर्ण व्यक्तित्व भएका गायक गायिकाको बारेमा उहाँको जानकारी नेपाली कलाकारको प्रतिनिधि मण्डल आसाम भ्रमण गरेर दार्जिलिङ आएका बेला भएको भेटघाटको चर्चा यी सबै इतिहासलाई नजिकबाट देखेको र देखेको लेख्न सक्ने क्षमता भएको व्यक्ति कार्थक मात्र थिए। उनले नै पहिलो पटक ‘राम्रो धेरै राम्रो शीर्षकमा’ नातिकाजीको दार्जिलिङ भ्रमणका बारे अत्यन्त गम्भीर संस्मरण लेखेका थिए।
त्यो लेखले नातिकाजीको साङ्गीतिक यात्रालाई उज्ज्वल र विशाल बनाइदियो कि उनी सङ्गीतकार मात्र होइनन्। एक भव्य र सभ्य व्यक्तित्व बोकेको नेपाली हुन् भन्ने कुरा परिचित गरायो।
नातिकाजीले आसाम भ्रमणपछि दार्जेलिङको आगमनको समयमा ल्याएका सांगीतिक टोलीमा जो जो कलाकार थिए त्यो सबैको बारेमा सूचना मूलक श्रोत काव्यशैलीमा कार्थकले लेखेको त्यो संस्मरण नेपाली सङ्गीत क्षेत्रको महत्त्वपूर्ण र यादगार लेख हो।
कार्थकका धेरै गीतहरू उनका साङ्गीतिक समूह हिलियन ब्यान्डबाट गाइएको छ। नेपाली सङ्गीत कर्मीको विदेशी भाषामा लेख्ने वा विदेशी पत्रकारले अनुसन्धान अध्ययन गर्दा आसिक घटकले लुइ ब्यान्डमाथि लेखेको पुस्तकमा लेखकले सबै भन्दा बढी अनुसन्धान गरेको व्यक्ति नै कार्थक थिए। कार्थकले लेखेको लेखलाई नै आधार मानेर आसिक घटकले लुइ ब्यान्डको जीवनीपरक पुस्तक लेखेका छन्।
नातिकाजीले आसाम भ्रमणपछि दार्जेलिङको आगमनको समयमा ल्याएका सांगीतिक टोलीमा जो जो कलाकार थिए त्यो सबैको बारेमा सूचना मूलक श्रोत काव्यशैलीमा कार्थकले लेखेको त्यो संस्मरण नेपाली सङ्गीत क्षेत्रको महत्त्वपूर्ण र यादगार लेख हो।
नेपाली भाषामा ३० को दशकमा कार्थकले ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ लेखे। त्यो उपन्यास दार्जेलिङको परिवेशमा लेखिएको थियो र उपन्यासको समर्पण उनले नेपाली साहित्य सङ्गीत र गायन क्षेत्रका तीन हस्ती इन्द्रबहादुर राई, अम्बर गुरुङ र गोपाल योञ्जनलाई गरेका थिएँ। त्यो पुस्तकको ‘ओपनिङ’ लक्ष्मी पूजाको दिन गरिएको छ। त्यो पुस्तकमा उनले अम्बर गुरुङको ‘म अम्बर हुँ तिमी धर्ती’ जस्तो गीतको चर्चा गरेका छन्।
कार्थकले यस्तो उपन्यास लेखेको बेला भारतमा पनि कृष्णबल देव वैद्य जस्ता लेखकले यस किसिमको उपन्यासको सुरुवात गरिसकेका थिएनन्। पछि हिन्दीमा पनि यस्ता लेखहरू लेखिए। त्यत्तिबेला तिनको चर्चा भएपछि मात्र नेपालीमा लेखिएको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ को पनि चर्चा भयो।
इन्द्रबहादुर राईको ‘आज रमिता छ’ जसरी दार्जेलिङको परिवेशमा लेखिएको उत्कृष्ट उपन्यास हो भने ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ देस्रो महत्त्वपूर्ण उपन्यास हो।
इन्द्रबहादुर राईको ‘आज रमिता छ’ जसरी दार्जेलिङको परिवेशमा लेखिएको उत्कृष्ट उपन्यास हो भने ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ देस्रो महत्त्वपूर्ण उपन्यास हो। र यो उपन्यास अङ्ग्रेजीमा पनि आउनुपर्छ भन्ने धेरैको चर्चा अनुरोध आएपछि कार्थकले मञ्जु श्री थापालाई अनुवाद गर्न लगाएर यो अङ्ग्रेजीमा पनि प्रकाशित भएको छ।
कुनै पनी नेपाली कृति प्रकाशन भएको कम समयमा अर्को भाषामा अनुवाद भएको सायद कार्थकको त्यो उपन्यास नै पहिलो थियो। तर अंग्रेजीमा यसको त्यति चर्चा भएन। उनीप्रति हार्दिक श्रद्धाञ्जली।
प्रतिक्रिया