बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति « Khabarhub

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन् ।

विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गरेका छन् ।

‘बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवं सहयोगी संस्थालाई विशेष धन्यवाद दिन चाहन्छु ।’

बाघको चोरी शिकारी तथा बाघका अङ्गको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणका लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाले विश्वव्यापी बाघ संरक्षणको अभियानमा पुगेको पहलकदमी सार्थक भएको उनको भनाइ छ ।

सन्देशमा भनिएको छ– ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्यु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय बासिन्दाको वन पैदावारमाथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रम सञ्चालनका लागि विशेष पहल गर्नु अत्यावश्यक छ ।’

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।

यसै सन्दर्भमा नेपालले पनि उक्त प्रतिबद्धताअनुरुप बाघको सङ्ख्या करिब तेब्बर वृद्धि गरी सन् २०२२ मा रुसकै भ्लादिभोस्तोक सहरमा भएको दोस्रो बाघ सम्मेलनमार्फत आफ्नो मुलुकको उपलब्धि अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गरेकोमा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ४५ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई