राप्रपा नेपाल जनसङ्घर्षको बाटोबाट अघि बढ्छ : कमल थापा « Khabarhub

राप्रपा नेपाल जनसङ्घर्षको बाटोबाट अघि बढ्छ : कमल थापा


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भावी रणनीति जनदवाव, जनसङ्घर्ष र जनआन्दोलन भएको बताएका छन् ।

जिल्ला समिति काठमाडौँद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको विद्यमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे ।

उनले राष्ट्र निर्माणको फरक बिचार र बाटो तय गर्दै वैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत व्यक्त गरे । संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग, धर्मपरिवर्तनको डढेलो, लोकतन्त्रको नाममा व्याप्त सर्वसत्तावाद र बाह्य शक्तिको तीव्र चलखेलबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले सडक सङ्घर्षमा आउने सबै राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूसँग एकता र सहकार्य हुन सक्ने समेत स्पष्ट पारे ।

केही ठूला दलका मुठ्ठी भरका नेताहरूको निमित्त मात्र यो व्यवस्था स्वर्ग भएको भन्दै थापाले भ्रष्टाचारीलाई दण्डित गर्ने भन्दा पनि संरक्षण गर्ने व्यवस्था अब टिकाउ हुन नसक्ने ठोकुवा गरे ।

प्रशिक्षणमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जनताको विश्वास जितेर राप्रपा नेपाल एउटा भरपर्दो वैकल्पिक शक्ति बन्न सक्ने सम्भावना रहेकोले सबैलाई समेटेर जनताको माझ जान आग्रह गरे । 

कार्यक्रममा राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला, सहमहामन्त्री तथा राष्ट्रिय खेलकुद सङ्गठनका अध्यक्ष दमन बस्नेतले संगठन र खेलकुद सम्बन्धी धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : ०२ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा