‘विकास र समृद्धिका लागि राजनीतिक विमर्श जरुरी’ « Khabarhub

‘विकास र समृद्धिका लागि राजनीतिक विमर्श जरुरी’


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राज्य निर्माणका लागि बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुको विकास अपरिहार्य रहेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले राज्य दिनप्रतिदिन कमजोर भइरहेको उल्लेख गर्दै विकास र समृद्धिको बाटोमा मुलुकलाई कसरी अघि बढाउन सकिन्छ विषयमा केन्द्रीत भएर राजनीतिक विमर्श गर्न जरुरी रहेको बताएका छन् ।

उनले जवसम्म मुलुक भित्रको श्रमशक्तिलाई उद्यमशीलता र रोजगारीका माध्यमवाट राष्ट्रनिर्माणको काममा लगाउन सकिँदैन तबसम्म विकास र समृद्धिको कुरा कोरा कल्पना मात्र हुने उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले लामो समय नेपालका राजनीतिक दलहरूले राज्यसत्ताका विरुद्ध संघर्ष गर्नु परेका कारणले नेपाली समाज राज्यसत्ताको विपक्षी जस्तो बन्न पुगेको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक अस्थिरता र सामाजिक अराजकताले राज्य दिनप्रतिदिन कमजोर भइरहेको छ, त्यसमाथि नेपालीको मौलिक संस्कृतिमा भइरहेको विघटनले राज्यलाई थप कमजोर बनाइरहेको छ ।’

पोखरेलले नेपाल राष्ट्रको विकास र समृद्धिका लागि राज्य हाम्रो हो भन्ने साझा मनोविज्ञानको विकास हुन जरुरी रहेको उल्लेख गर्दै वर्गीय समाजमा राज्य कमजोर हुने र नागरिक बलियो हुने सम्भावना नरहने प्रष्ट पारेका छन् ।

वर्तमान सरकारकारको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीतिले चरम आर्थिक संकट सिर्जना भएको पोखरेलको विश्लेषण छ । देशबाट ठूलो सङ्ख्यामा नागरिक वैदेशिक रोजगारीमा पलायन भइरहेका प्रति पोखरेलले चिन्ता व्यक्त गरे ।

 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १२ : ०२ बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को

कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा