रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन : सभापति लामिछाने | Khabarhub Khabarhub

रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन : सभापति लामिछाने


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको स्पष्ट पारे ।

उनले सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने बताउँदै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे ।

उनले देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने बताए । सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १२ : ३९ बजे

६ महिनापछि घर फर्किए टिङ्करवासी

दार्चुला– दार्चुलाको उत्तरी सिमानामास्थित टिङ्कर गाउँका स्थानीय ६ महिनापछि गाउँ

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र

हुलाकी सडकले सुगम बन्यो बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारि अवस्थित नरैनापुर गाउँपालिका

खोटाङमा आजदेखि खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

खोटाङ– नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

बागलुङ-  एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र