रूपन्देहीको छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना « Khabarhub

रूपन्देहीको छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रूपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण र आर्थिक चलायमान हुँदै गएपछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरि २४ घण्टा नै प्रहरी सेवा दिन लागिएको हो ।

भौगोलिक रुपमा पनि इलाका प्रहरी कार्यालय करिब ५ किलोमिटर टाढा रहेकाले र बढ्दो चोरी, लुटपाट तथा लागू औषध दुर्व्यसनको घटनाबाट स्थानीय त्रसित भएकोले न्यूनिकरण गर्दै व्यवस्थित बजार र सुशासन कायम गराउँदै स्थानीयको सुरक्षाका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विश्वकर्माले बताए ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश जोशीले अस्थायी प्रहरी पोस्टको उद्घाटन गरेका हुन् । उनले चहलपहल र आर्थिक क्रियाकलाप बढ्दै गएकाले स्थानीय, सियारी गाँउपालिका र सुरक्षा समितिको आवश्यकता अनुसार अस्थायी प्रहरी पोस्टको स्थापना सुरुवात गरेको बताए ।

स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने आपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगति सबै न्यूनिकरण र नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

यस्तै, प्रदेश प्रहरी कार्यालयले प्रदेशका ३ वटा जिल्ला दाङ, रूपन्देही र बाँकेमा डिजिटल प्रणालीबाट जरिवाना असुल गर्ने प्रणालीको विकास गरेको छ भने पूर्व पश्चिम राजमार्गको विभिन्न ठाउँमा भएको चेक प्वाइन्ट र अनावश्यक चेकजाँचलाई हटाई सीमित र आवश्यकता अनुसारको चेकजाँचले सडकमा प्रहरी कम भए पनि राजश्व बढेको बताए ।

बढ्दो आपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरेकोमा धन्यवाद दिँदै स्थानीयले अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि धेरै खुसी भएको प्रतिक्रिया दिए । प्रहरी पोस्ट नभएका कारण विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या हुने गरेको थियो । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १ : ०३ बजे

मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

काँक्रेविहार– भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ

एजेन्सी– अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष