रूपन्देहीको छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना « Khabarhub

रूपन्देहीको छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रूपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण र आर्थिक चलायमान हुँदै गएपछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरि २४ घण्टा नै प्रहरी सेवा दिन लागिएको हो ।

भौगोलिक रुपमा पनि इलाका प्रहरी कार्यालय करिब ५ किलोमिटर टाढा रहेकाले र बढ्दो चोरी, लुटपाट तथा लागू औषध दुर्व्यसनको घटनाबाट स्थानीय त्रसित भएकोले न्यूनिकरण गर्दै व्यवस्थित बजार र सुशासन कायम गराउँदै स्थानीयको सुरक्षाका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विश्वकर्माले बताए ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश जोशीले अस्थायी प्रहरी पोस्टको उद्घाटन गरेका हुन् । उनले चहलपहल र आर्थिक क्रियाकलाप बढ्दै गएकाले स्थानीय, सियारी गाँउपालिका र सुरक्षा समितिको आवश्यकता अनुसार अस्थायी प्रहरी पोस्टको स्थापना सुरुवात गरेको बताए ।

स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने आपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगति सबै न्यूनिकरण र नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

यस्तै, प्रदेश प्रहरी कार्यालयले प्रदेशका ३ वटा जिल्ला दाङ, रूपन्देही र बाँकेमा डिजिटल प्रणालीबाट जरिवाना असुल गर्ने प्रणालीको विकास गरेको छ भने पूर्व पश्चिम राजमार्गको विभिन्न ठाउँमा भएको चेक प्वाइन्ट र अनावश्यक चेकजाँचलाई हटाई सीमित र आवश्यकता अनुसारको चेकजाँचले सडकमा प्रहरी कम भए पनि राजश्व बढेको बताए ।

बढ्दो आपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरेकोमा धन्यवाद दिँदै स्थानीयले अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि धेरै खुसी भएको प्रतिक्रिया दिए । प्रहरी पोस्ट नभएका कारण विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या हुने गरेको थियो । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १ : ०३ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले