दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट छ सय ४१ लाभान्वित « Khabarhub

दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट छ सय ४१ लाभान्वित


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट छ सय ४१ लाभान्वित भएका छन् । गाउँपालिकाको वडा नं १ स्थित बारपाक स्वास्थ्यचौकीमा भएको शिविरमा स्थानीयले स्वास्थ्य सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

शिविरमा बिरामीले रगत परीक्षण, इसिजीलगायत उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । गोरखा अस्पताल र ग्रिनसिटी हस्पिटलको प्राविधिक सहयोग तथा मुटु फाउन्डेशन, मनोज एसोशियसन, नमस्ते फ्रान्स ग्रेनोबल युनिभर्सिटीको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको उनले बताए।

वडा कार्यालयको आयोजना, बारपाक सामुदायिक वन उपभोक्ता समितिको सहआयोजना भएको उक्त शिविरको पहिलो दिनमा दुई सय एकले सेवा लिएका थिए भने दोस्रो दिन चार सय ४० भन्दा बढीले सेवा लिएको स्वास्थ्य शिविरका संयोजक धनबहादुर गुरुङले जानकारी दिए। 

सेवा लिनेमध्ये एक सय २४ को ल्याब, एकसय ७० को सुगर परीक्षण, ८१ को इसिजी परीक्षण र एक सय ८० को भिडियो एक्स–रे गरिएको उनले बताए। उनका अनुसार शिविरमा आउने अन्य बिरामीले पनि उपचार गराएका थिए ।

गोरखा अस्पतालका स्त्रीरोग विशेषज्ञ दीक्षा पौड्याल, डा अनिरुद्र थपलिया, ग्रिनसिटी अस्पतालका डा निदान रावल, डा रोशन भक्तिलगायत चिकित्सकको टोली शिविरमा संलग्न रहेका स्वास्थ्य शिविरका संयोजक गुरुङले बताए।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  २ : २२ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई