मदनडाँगी-ताराबारी डिपु सडक निर्माण गरिँदै « Khabarhub

मदनडाँगी-ताराबारी डिपु सडक निर्माण गरिँदै


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

दमक– झापाको दमक नगरपालिकाअन्तर्गतको मदनडाँगी–ताराबारी डिपु सडक निर्माण थालिएको छ । दमक–१ र ५ वडा हुँदै दमक–४ को ताराबारी डिपुसम्मको सो सडकको शिलान्यास गरिएको छ ।

विश्व बैंकको सहयोगमा बन्न लागेको उक्त चार लेन सडकको नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शिलान्यास गरेकी हुन् । सडक शिलान्यास गर्दै नगरप्रमुख थापाले तोकिएको समयमा सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गरे । 

नगरउपप्रमुख भट्टराईले सडक निर्माणका लागि रेखदेख समितिले निरन्तर काम गर्ने र कुनै गुनासो भए गुनासो सुनुवाइ समितिले सहजीकरण गर्ने उल्लेख गरिन्।

सडकको बीचमा हरियाली क्षेत्रको व्यवस्था गरिएको छ । सडकको दुवैतर्फ बिजुली बत्तीको जडान गरिने र नाला निर्माण गरिने छ । पाँच किलोमिटर लामो सो सडक निर्माणका लागि रु ४४ करोड २४ लाखमा ठेक्का सम्झौता भएको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले जानकारी दिए । सडक निर्माणका लागि विश्व बैंकले नेपाल सरकारलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराएको हो । 

विसं २०८२ असारसम्ममा सडक निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ३ : ४६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर