भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार छन् : मन्त्री बस्नेत « Khabarhub

भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार छन् : मन्त्री बस्नेत


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार रहेको बताएका छन् ।

शनिबार दक्षिणकाली नगरपालिका– १ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भीभीआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको पूर्वाधार तयार गरिएको बताएका हुन् ।

उनले नेपालमै हुनसक्ने उपचारका लागि विदेश जान चाहे त्यसको सम्पूर्ण खर्च आफैँले व्यहोर्नुपर्ने र राज्यले खर्च नव्यहोर्ने स्पष्ट पारे । आफू मन्त्रालयमा आएपछि गरिब तथा विपन्न र वेवारिस नागरिकको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको उनले बताए । मन्त्री बस्नेतले अब कोही पनि गरिब तथा विपन्न र वेवारिस नागरिकले उपचार गर्न नपाएर ज्यान गुमाउने अवस्था नआउने धारणा राखे

त्यस्तै उनले दक्षिणकाली नगर अस्पताललाई आवश्यक सामाग्री प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले अस्पतालको भौतिक संरचनाको पनि निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ४ : २३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति