जातीय विभेदविरुद्ध अनेरास्ववियुद्वारा बालुवाटारमा प्रदर्शन « Khabarhub

जातीय विभेदविरुद्ध अनेरास्ववियुद्वारा बालुवाटारमा प्रदर्शन


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जातीय विभेदका घटना बढ्दै गएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ ।

बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुँमा आगो लगाउने, पश्चिम रुकुममा भएका घटनाघगायतले समाजमा विभेद बढ्दै गएको र यस्तो हुँदा पनि राज्य मौन भएको भन्दै अनेरास्ववियुले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले ?’, ‘पीडितलाई न्याय दे’, ‘जातीय छुवाछुत अन्त्य गरौँ’, ‘जातीय विभेद बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले बझाङमा किसानले श्रम गरी कमाएको पैसाले आफ्नो लालपूर्जा भएको जग्गामा बनाएको घर भत्काउने काम भएको भन्दै विभेद गर्नेलाई तत्काल कारवाही गर्नुपर्ने बताए । उनले पटक पटक जातीय विभेद बढ्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको बताए ।

उनले विभेदका घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याउन नसके कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ०१ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६