जातीय विभेदविरुद्ध अनेरास्ववियुद्वारा बालुवाटारमा प्रदर्शन | Khabarhub Khabarhub

जातीय विभेदविरुद्ध अनेरास्ववियुद्वारा बालुवाटारमा प्रदर्शन


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जातीय विभेदका घटना बढ्दै गएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ ।

बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुँमा आगो लगाउने, पश्चिम रुकुममा भएका घटनाघगायतले समाजमा विभेद बढ्दै गएको र यस्तो हुँदा पनि राज्य मौन भएको भन्दै अनेरास्ववियुले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले ?’, ‘पीडितलाई न्याय दे’, ‘जातीय छुवाछुत अन्त्य गरौँ’, ‘जातीय विभेद बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले बझाङमा किसानले श्रम गरी कमाएको पैसाले आफ्नो लालपूर्जा भएको जग्गामा बनाएको घर भत्काउने काम भएको भन्दै विभेद गर्नेलाई तत्काल कारवाही गर्नुपर्ने बताए । उनले पटक पटक जातीय विभेद बढ्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको बताए ।

उनले विभेदका घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याउन नसके कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ०१ बजे

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट