‘सरकार जनतालाई सुशासन दिन लागिपरेको छ’ « Khabarhub

‘सरकार जनतालाई सुशासन दिन लागिपरेको छ’


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागि परेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सुशासनलाई सरकारले अभियानका साथ अगाडि बढाएको बताएका हुन्। ‘विकास निर्माणमा हुने गरेको ढिलासुस्तीलाई कम गर्न सरकारले काम गरिरहेको छ’, उनले भने ।

उपप्रधानमन्त्री खड्काले सरकारले केही दिनभित्र संघीय शिक्षा ऐन, संघीय निजामती ऐन, संघीय प्रहरी ऐनलगायतका महत्वपूर्ण ऐनलाई संसद्मा प्रस्तुत गर्न लागेको जनाए । वर्तमान सरकारले सेवाग्राहीलाई कसरी सहज रुपमा सेवा प्रदान गर्न सकिन्छ भनेर लागेको उनको भनाइ थियो ।

उनले पार्टीको घोषणापत्र र गठबन्धनले निर्माण गरेको नीति तथा कार्यक्रमका आधारमा सरकारले काम गरिरहेको उल्लेख गरे। नेपालको अर्थतन्त्रलाई सुधार गर्न वर्तमान सरकार लागेको उनको भनाइ थियो । कांग्रेस उपसभापति खड्काले समयअनुसार पार्टीलाई परिवर्तन गर्दै अगाडि बढ्न आवश्यक रहेको बताए। ‘युगअनुसार पार्टीलाई रूपान्तरण गर्न व्यक्ति स्वयं  रूपान्तरित हुनु जरुरी छ, अरु पार्टीलाई गाली गर्नुभन्दा आफ्नो पार्टी बलियो बनाउन सबै लाग्नुपर्छ’, उनले भने ।

उनले स्थानीय तह, प्रदेश, क्षेत्र र जिल्ला तहमा जनताबाट आएका सुझावलाई समावेश गरेर पार्टी केन्द्रीय समितिलाई राय तथा सुझाव दिन पार्टीका नेता एवं कार्यकर्तालाई आग्रह गरे । उपसभापति खड्काले पार्टीलाई थप चलायमान बनाउन कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेतालाई खटाउन लागेको बताए।

कांग्रेस नेत्री एवं बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले वडा, स्थानीय तह, प्रदेश र जिल्ला सम्मेलनले पार्टीलाई ऊर्जा दिएको बताए। उनले पार्टीलाई बलियो र सशक्त बनाउनका लागि पार्टीभित्रको सम्पूर्ण निकायमा ३३ प्रतिशत महिलाको सहभागिता बढाउन पार्टी नेतृत्वलाई आग्रह गरे । युवा र महिलालाई अगाडि नबढाएसम्म पार्टी बलियो हुन नसक्ने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले पार्टीको विधानअनुसार क्षेत्रीय सम्मेलन आयोजना गरिएको जनाउँदै क्षेत्रीय सम्मेलनमार्फत आएका सुझावले पार्टीलाई थप बलियो र सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले कांग्रेस एक भएर अगाडि बढे कांग्रेसलाई निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने दाबी गरे। उनले संगठन विस्तारलाई क्षेत्रले पहिलो प्राथमिकता राखेको बताए ।

सोही अवसरमा सेन्टर फर डेमोक्रेटिक इन्जिनीयर्स एशोसियशन(सिडेन)का नवनिर्वाचित अध्यक्ष इञ्जिनीयर लक्ष्मण केसी, नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्की, प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित सदस्य हरिसिंह केसी, कांग्रेस प्रचार विभाग सदस्य सन्तोष न्यौपानेलगायतलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ०२ बजे

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको