दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित, अध्यक्ष नेपाल स्वदेश फिर्ता, नेपालमा पनि विश्व बाघ दिवस मनाइयो, कोशी प्रदेशको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ  :नेता सिंह, भीभीआईपीभीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयारलगायतका समाचारले प्रमुख स्थान पाए ।

एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित
नेकपा एकीकृत समाजवादीले यसअघि तय गरेको पार्टी कमिटीका तीनै तहका बैठक स्थगित गरेको छ। पार्टीले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाएकोमा स्थगित गरेको हो।

साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएकोमा तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो

मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प छैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् ।

शनिबार नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँगमात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै विकल्प नरहेको बताएका हुन् ।

सरकारले संसद्लाई बिजनेस दिन सकेन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे ।

अध्यक्ष नेपाल स्वदेश फिर्ता

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।

त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुग्नुभएका अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय बैठकमा विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गरेका थिए ।

नेपालमा पनि विश्व बाघ दिवस मनाइयो
विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यस वर्ष दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । दिवसका अवसरमा शनिबार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कोशीमा नयाँ सरकार गठनबारे शीर्ष नेताबीच छलफल

कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ ।

शनिबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाले छलफल गरेका हुन् ।

‘सरकार जनतालाई सुशासन दिन लागिपरेको छ’
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागि परेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सुशासनलाई सरकारले अभियानका साथ अगाडि बढाएको बताएका हुन्। ‘विकास निर्माणमा हुने गरेको ढिलासुस्तीलाई कम गर्न सरकारले काम गरिरहेको छ’, उनले भने ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्ने बताएका छन् ।

एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिका लागि नेपालगञ्जमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभई शालिनता हुनुपर्दछ ।”

भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताए ।

‘भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार छन्’ 
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार रहेको बताएका छन् ।

शनिबार दक्षिणकाली नगरपालिका– १ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भीभीआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको पूर्वाधार तयार गरिएको बताएका हुन् ।

‘नोना कोइरालाले गरिब जनतालाई महत्वपूर्ण सहयोग गर्नुभएको छ’
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको बताएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानको आज विराटनगर महानगरपालिका–४ स्थित इक्राहीमा आयोजित साधारणसभामा उनले स्व कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट कुनै पनि नागरिक वञ्चित नहुन भन्ने इच्छालाई प्रतिष्ठानले पूरा गरेको विचार व्यक्त गरे।

कोशी प्रदेशको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् । चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उनले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे ।

काठमाडौँका नगरप्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन

सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरुमाथि काठमाडौँ महानगरपालिकाका नगरप्रहरीले ज्यादती गरेको भन्दै साना व्यापारीहरुले प्रदर्शन गरेका छन् ।

आफूहरुलाई गरिखान नदिएको र नगर प्रहरीले चरम ज्यादती गरेको भन्दै साना व्यापारीहरुले भृकुटिमण्डपमा प्रदर्शन गरेका हुन् ।

‘विकास र समृद्धिका लागि राजनीतिक विमर्श जरुरी’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राज्य निर्माणका लागि बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुको विकास अपरिहार्य रहेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले राज्य दिनप्रतिदिन कमजोर भइरहेको उल्लेख गर्दै विकास र समृद्धिको बाटोमा मुलुकलाई कसरी अघि बढाउन सकिन्छ विषयमा केन्द्रीत भएर राजनीतिक विमर्श गर्न जरुरी रहेको बताएका छन् ।

खडेरीले गर्दा सिरहामा ५० प्रतिशत मात्रै रोपाइ

पछिल्लो लामो समयदेखि सिरहामा आकाशे पानी नपर्दा किसानहरू चिन्तित बनेका छन्। आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरू पछिल्लो केही समय देखि विशेषगरी धान रोप्ने मुख्य समयमा आकाशे पानी नपरेको कारण किसानहरू चिन्तित बनेका हुन्।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ०२ बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने