सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन् | Khabarhub Khabarhub

सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –यही साउन ७ गते काठमाडौँको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् ।

खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

उनले भने, “विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामुखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न सकेको छैन, यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत हामीले खबर गरेका छौँ, अहिलेसम्म फेला परेको खबर छैन ।”

बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ । काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ८ : ५४ बजे

किसानलाई मौरीसहितको घार अनुदान

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई

नर्सहरूको सेवा सुविधामा सुधार गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं– प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले

स्कूल बसमा आगजनी

चितवन– चितवनको भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा स्माल हेभन स्कुल कल्याणपुरको

कामिरिताले गरे २९औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौं– कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहण गरेर आफ्नै

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको