पाकिस्तानमा फेरि अहमदिया मुसलमानको प्रार्थानास्थलमा तोडफोड « Khabarhub

पाकिस्तानमा फेरि अहमदिया मुसलमानको प्रार्थानास्थलमा तोडफोड


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा तोडफोड गरिएको अर्को घटना सार्वजनिक भएको छ । कराँची सहरस्थित हाइ रोडमा रहेको अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा तोडफोड गरिएको घटना सार्वजनिक भएको हो ।

स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार उक्त प्रार्थानास्थलमा तोडफोड गरिएको थियो भने अहमदियाप्रति घृणा फैलाउने सन्देश पनि लेखिएको थियो । समाचारमा जनाइएअनुसार उक्त स्थानमा करिब एक दर्जन मानिसहरु जबरजस्ती पसेर तोडफोड गरेका थिए ।

घटनाबारे उजुरी दर्ता गराइएको र दोषीमाथि आवश्यक कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । यसअघि पनि पाकिस्तानका विभिन्न स्थानहरुमा अहमदिया समुदायको चिहान र प्रार्थानास्थल भत्काइएको समाचार सार्वजनिक हुँदै आएका छन् ।

इस्लाम धर्म मान्ने भएपनि पाकिस्तानले अहमदियाहरुलाई मुसलमानको सूचीमा नराख्ने गरेको बताइन्छ । अल अरबिया पोस्टका अनुसार पाकिस्तानी अपराध संहिताको २९८ धाराअनुसार अहमदियाहरुले आफूलाई मुसलमान भन्न र आफ्नो आस्थाको प्रचार गर्न पाउँदैनन् । पाकिस्तानमा अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १ : १८ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य