गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै चन्द्रपुरमा धर्ना | Khabarhub Khabarhub

गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै चन्द्रपुरमा धर्ना


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

रौतहट – १७ वर्षअघि भएको गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै आज रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ ।

त्यसबेला २८ जनाको ज्यान लिने गरी भएको घटनाका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाब दिने उद्देश्यले पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिएका हुन् ।

विसं २०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम ९हाल जसपा०का बीचमा भएको झडपमा परी २७ जनाको घटनास्थलमै र एक जनाले उपचारका क्रममा ज्यान गुमाउनुपरेको थियो ।

घोषित कार्यक्रमअन्तर्गत आज चन्द्रनिगाहपुरमा धर्ना दिइएको र माग पूरा नभए १५ साउनदेखि अनिश्चितकालीन आमहड्ताल गरिने आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ३० बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको