भारतमा धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु « Khabarhub

भारतमा धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । शनिबार प्रदर्शनकाक्रममा अत्यधिक भोल्टेजको तारमा छोइँँदा चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ ।

इस्लामी क्यालेन्डर अनुसार अहिले मुहर्रम महिनामा पर्छ । यो संसारभरका शियाहरूको लागि सबैभन्दा पवित्र समय हो । मुहर्रममा सातौं शताब्दीमा पैगम्बर मुहम्मदका नाति हुसेनको शहादतको प्रतीकको रूपमा ठूलो आशुरा जुलुस निस्कन्छ ।

बोकारो जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट प्रियदर्शी आलोकले बताएअनुसार पूर्वी राज्य झारखण्डमा केही भक्तजनले बोकेको धातुको खम्बामाथिको केबलमा ठोक्किँदा एक जुलुसका सदस्यको मृत्यु भएको हो ।

“उक्त घटनामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्,” उनले भने ।

भारतमा गर्मी याममा पानी जमेर करेन्ट लाग्ने र यसका कारण धेरैले अकालमा ज्यान गुमाउने गरेका छन् । भारतमा हरेक वर्ष करेन्ट लागेर करिब ११ हजार मानिसको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ५० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर