टिपरको ठक्करबाट एक चिकित्सकको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट एक चिकित्सकको मृत्यु


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

झापा– मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको आज बिहान मृत्यु भएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व-पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो । 

डा यादव सवार प्र १-०२-०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र-३-००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा उनी घाइते भएपछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर हस्पिटलको ड्युटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १२ : ४२ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा