प्रतिनिधिसभा बैठक : डेङ्गी रोकथामका लागि सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा बैठक : डेङ्गी रोकथामका लागि सरकारको ध्यानाकर्षण


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेङ्गी रोग रोकथामका लागि प्रभावकारी कदम चाल्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै कार्कीले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग मुलुकभर फैलिएको र आतङ्क सिर्जना गरेको बताए। अहिले ज्वरोको लक्षण देखिएर अस्पताल जाने ७० प्रतिशतमा डेङ्गीको सङ्क्रमण पुष्टि हुने गरेको उनको भनाइ छ । 

‘अहिले डेङ्गी रोगले देशभर आतंक सिर्जना गरेको छ । यो रोग निवारणका लागि समुचित प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहान्छु’, कार्कीले संसद्मा भने, ‘जटिल अवस्थामा पुगेका बिरामीलाई विशेष अस्पतालको प्रबन्ध गरेर उपचार थालियोस् ।’ औषधि र स्वास्थ्य सामग्रीको अभावका कारण बिरामीले उपचार पाउन नसकेको बारे पनि कार्कीले सरकारको ध्यानाकर्षण गरे ।

अहिले सुनसरी जिल्लामा मात्र १४ हजार दुई सय ६४ जना डेङ्गी रोगीका सङ्क्रमित रहेको र त्यहाँ डेङ्गीबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेकाले यो विषयमा गम्भीर हुनुपर्ने उनको जोड दिएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १२ : ४६ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ