इमरान खानविरुद्ध सुनाइएको जेल सजायमा उच्च अदालतले लगायो रोक « Khabarhub

इमरान खानविरुद्ध सुनाइएको जेल सजायमा उच्च अदालतले लगायो रोक


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरिक इन्साफका अध्यक्ष इमरान खानमाथिको सजायमा रोक लगाएको छ । सरकारी उपहार अर्थात् तोशाखाना भ्रष्टाचार मुद्दामा उच्च अदालतले खानमाथिको सजायमा रोक लगाएको हो ।

उच्च अदालतले खानलाई धरौटीमा छाड्न समेत आदेश दिएको छ । मुख्य न्यायाधीश अमिर फारुक र न्यायाधीश महमुद जहाँगिरको इजलासले खानको पुनरावेदन निवेदनमाथि सुनुवाई गर्दै यस्तो फैसला सुनाएको हो ।

यसअघि गत अगस्ट ५ मा इस्लामावाद ट्रायल कोर्टले भ्रष्टाचार मुद्दामा खानलाई दोषी ठहर गर्दै ३ वर्षको जेल र एक लाख पाकिस्तानी रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । यससँगै उनी ५ वर्षका लागि चुनाव लड्न अयोग्य भएका थिए ।

 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  २ : ५४ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको