सांस्कृतिक सम्पदाको संरक्षण गर्न माग « Khabarhub

सांस्कृतिक सम्पदाको संरक्षण गर्न माग


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय राजधानी काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन सांसदहरुले आग्रह गरेका छन्  । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद प्रेमबहादुर महर्जनले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न जात्रा र पर्व सुरु हुन लागेकाले ती क्षेत्रको सडक मर्मत र सरसफाइलाई ध्यान दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद महर्जनका अनुसार यही भदौँ १४, १५ र १६ गते जनैपूर्णिमा, गाईजात्रा र मर्तिया जात्रा सुरु हुँदैछ । प्रत्येक मठमन्दिर, सफा गर्न र भक्तजनलाई दिनभर घुम्ने वातावरणका लागि हिलाम्मे सडकको चाँडो मर्मत गर्न माग गरे ।

उनले जीवन्त संस्कृतिक सम्पदालाई सधैँ जगेर्ना गर्न उचित कोषको व्यवस्था गरिनुपर्ने भन्दै यस्ता सांस्कृतिक धरोहरलाई बचाउन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

सांसद दामोदर पौडेल बैरागीले पर्यटकीय सिजन सुरु हुन लागेकाले देशका प्रमुख पर्यटकीय क्षेत्र पोखरा र आसपासका पर्यटकीय गन्तव्य पुग्ने सडक जीर्ण बनेको भन्दै पर्यटकीय गन्तव्य जोड्ने सडकको चाँडो मर्मत गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद रामप्रकाश चौधरीले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन, कृषि, ऊर्जा, पर्यटनलगायतलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद शान्ति विकले संसद्लाई जग हसाइको थलो नबनाई देश र जनताप्रति इमानदार र प्रतिनिधिमूलक थलोका रुपमा स्थापित गर्न माग गरे ।

उनले जातीय धार्मिक र पहिचानको नाममा सामाजिक सद्भाव भड्काउने प्रयास भइरहेको भन्दै सबै सरोकारवाला सचेत रहन अनुरोध गरे । सांसद प्रभु हजराले राष्ट्रिय गौरवका आयोजनाको कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । 

उनले सबैखाले भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि छानबिन समिति गठन गरिनुपर्ने माग गरे । सांसद सरस्वती बजिमयले केही दिनदेखिको लगातारको वर्षाले पहाडी जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको, प्राकृतिक प्रकोपजन्य घटनामा ठूलो धनजनको क्षति पुगेको र सडक, घर र बस्तीमा क्षति पुगेको भन्दै संघीय सरकारले बजेट व्यवस्थापन गरेर जनतालाई राहत र बसोबासको व्यवस्था मिलाउन माग गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ३ : १७ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ