संस्कृतिविद् प्रा डा जगमान गुरुङलाई नेपाल ऋषिको पदवी « Khabarhub

संस्कृतिविद् प्रा डा जगमान गुरुङलाई नेपाल ऋषिको पदवी


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृतिविद् प्रा डा जगमान गुरुङलाई नेपाल ऋषिको पदवीसहित सम्मान गरिएको छ । विश्व हिन्दू महासङ्घले आज आयोजना गरेको कार्यक्रममा प्रा डा गुरुङलाई नेपाल ऋषिको पदवीसहित सम्मान गरिएको हो ।

कार्यक्रममा संस्कृतिविद् प्रा डा गुरुङले प्राचीन भारतवर्षीय चरित्र बोकेको देशका रुपमा विश्वमा स्थापित नेपाल समन्वयात्मक अध्यात्मवादका कारण सहिष्णु मुलुकका रुपमा चिनिएको बताए । एक सय ३२ समुदायका मानिस बसोबास गर्ने नेपालमा प्राचीनकालदेखि नै रहँदै आएको सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी, कार्यक्रममा सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले देवभूमि एवं सीता, बुद्धलगायतको जन्मस्थलका रुपमा रहेको नेपाल प्राचीनकालदेखि नै धार्मिक सहिष्णुतायुक्त देशका रुपमा स्थापित भएको बताए । तपस्थलका रुपमा रहेको नेपालमा भ्रष्टाचार र घुसखोरी गर्नेले पनि देशलाई बिगार्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष राजेन्द्रकुमार भण्डारी, महासङ्घका उपाध्यक्ष एवं पूर्वमन्त्री दीनबन्धु अर्याल, नेपाल जैन परिषद्का पूर्वअध्यक्ष फूलकुमार, श्रीकृष्ण सेवा समिति नेपालका अध्यक्ष श्यामकृष्ण शर्मा, महासङ्घका सदस्य दिव्यध्वज कार्की, बौद्ध धर्म गुरु शिव औतारी लामा, जनकपुस्थित जानकी मन्दिरका महन्त रामरोशन दासलगायतले सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुतामा रहेको नेपालमा केही विदेशीका इसारामा हुने गरेका सद्भाव खल्बल्याउने काम सफल नहुनेमा जोड दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ३७ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय