संस्कृतिविद् प्रा डा जगमान गुरुङलाई नेपाल ऋषिको पदवी « Khabarhub

संस्कृतिविद् प्रा डा जगमान गुरुङलाई नेपाल ऋषिको पदवी


१२ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृतिविद् प्रा डा जगमान गुरुङलाई नेपाल ऋषिको पदवीसहित सम्मान गरिएको छ । विश्व हिन्दू महासङ्घले आज आयोजना गरेको कार्यक्रममा प्रा डा गुरुङलाई नेपाल ऋषिको पदवीसहित सम्मान गरिएको हो ।

कार्यक्रममा संस्कृतिविद् प्रा डा गुरुङले प्राचीन भारतवर्षीय चरित्र बोकेको देशका रुपमा विश्वमा स्थापित नेपाल समन्वयात्मक अध्यात्मवादका कारण सहिष्णु मुलुकका रुपमा चिनिएको बताए । एक सय ३२ समुदायका मानिस बसोबास गर्ने नेपालमा प्राचीनकालदेखि नै रहँदै आएको सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी, कार्यक्रममा सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले देवभूमि एवं सीता, बुद्धलगायतको जन्मस्थलका रुपमा रहेको नेपाल प्राचीनकालदेखि नै धार्मिक सहिष्णुतायुक्त देशका रुपमा स्थापित भएको बताए । तपस्थलका रुपमा रहेको नेपालमा भ्रष्टाचार र घुसखोरी गर्नेले पनि देशलाई बिगार्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष राजेन्द्रकुमार भण्डारी, महासङ्घका उपाध्यक्ष एवं पूर्वमन्त्री दीनबन्धु अर्याल, नेपाल जैन परिषद्का पूर्वअध्यक्ष फूलकुमार, श्रीकृष्ण सेवा समिति नेपालका अध्यक्ष श्यामकृष्ण शर्मा, महासङ्घका सदस्य दिव्यध्वज कार्की, बौद्ध धर्म गुरु शिव औतारी लामा, जनकपुस्थित जानकी मन्दिरका महन्त रामरोशन दासलगायतले सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुतामा रहेको नेपालमा केही विदेशीका इसारामा हुने गरेका सद्भाव खल्बल्याउने काम सफल नहुनेमा जोड दिए ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ७ : ३७ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ