मुटुको सुरक्षा कसरी गर्ने ? | Khabarhub Khabarhub

मुटुको सुरक्षा कसरी गर्ने ?

‘महिलाको तुलनामा पुरुषलाई हृदयघात बढी हुन्छ’


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

आज विश्व मुटु दिवस। हरेक वर्षको सेप्टेम्बर २९ मा विश्वभर मुटु दिवस मनाइँदै आइएको छ। नेपाललगायत विश्वका धेरै देशमा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ। अहिले मुटु सम्बन्धी कस्तो-कस्तो समस्या देखिएको छ ? मुटु रोग नलागोस् भन्नको लागि हामीले के गर्ने ? घरमा नै बसेर मुटुमा समस्या छ भनेर थाहा पाउन सकिन्छ कि सकिँदैन ? हृदयाघात भएपछि कति समयसम्म अस्पताल पुग्यो भने बचाउन सकिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि मुटु शल्यचिकित्सक डा. विजय राजवंशीसँग गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय मुटु रोग बढ्नुको प्रमुख कारण के हुनसक्छ ?
हाम्रो मुटुलाई रक्तसञ्चार गर्ने रक्त नलीमा केही अवरोध पैदा भए यसलाई मुटु सम्बन्धी रोग भनिन्छ। यो जन्मजात मुटु रोग पनि हुनसक्छ। खानपान र जीवनशैलीका कारण पनि यो समस्या देखिन्छ। पछिलो समय धेरैलाई हुने हृदयघात भनेको मुटुको रक्तनलीसँग सम्बन्धित समस्या हो। उमेर बढ्दै जाँदा मुटुको भल्भमा समस्या आउने, मांशपेसी सम्बन्धी रोग र मुटुको धड्कन सम्बन्धी रोग हुन्छन्। मुटु रोगमा दुई थरीका रोगहरू पर्दछन्। एउटा जन्मँदै आएको रोग, जन्मजात हुने मुटु रोगमा बच्चा जन्मँदै मुटुमा प्वाल हुनेहुन्छ। मुटुको भल्भ बिग्रिने रोग, मुटुबाट निस्किने ठुलो ठुलो धमनीहरूको समस्या, मुटुको मांसपेशी, चालको समस्या र उच्च रक्तचापलगायत योसँग सम्बन्धित रोग पर्दछन्। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयाघातको जोखिम बढिरहेको छ।

मुटुमा कस्तो समस्या चाहिँ धेरै देखिने हो ?
मुटुलाई रक्तसञ्चार गर्ने रक्त नली बन्द नै भयो भने हृदयाघात हुन्छ। मुटुका विभिन्न रोग हुन्छन्। मुटुको बाथ रोग हुने पनि छन्। अन्य रोगहरू पनि छन्। तर, धेरै जसो सहरी भागमा बसोबास गर्नेमा वा समग्रमा मुटुको हृदयाघातको समस्या धेरैमा देखिन्छ।

पछिल्लो समय हृदयाघात युवा पुस्तामा बढ्नुको कारण के हो ?
अहिले धेरै मानिसले चाँडो डायग्नोसिस् गरेका छन्। उच्च रक्तचापको कारणले ४० प्रतिशत मानिसमा हृदयाघात भएको छ। डायबिटिज, अहिलेको जीवनशैली जस्तो धूम्रपान, अल्कोहल सेवन, नियमित व्यायाम नगर्दा, खानपानमा ध्यान नदिँदा यो समस्या बढेको छ।

आफूलाई हृदयाघात हुँदैछ भनेर थाहा पाउन सकिँदैन ?
यसको लागि केही लक्षण देखा पर्छन्। जसमा आफूलाई छातीको बीच भागमा दुख्ने, श्वास फुल्ने, कहिले मुटुको चाल थाहा हुने हुन्छ। यस्तो भयो भने घरमा नबसी तुरुन्तै अस्पताल गइहाल्नु पर्दछ। यसको घरमा बसेर उपचार गर्न सकिँदैन। कतिपय अवस्थामा अस्पताल जान समय नभए ४० वर्ष कटेपछि डाक्टरलाई भेटेर जाँच गर्न सकिन्छ। जसले गर्दा पछि गम्भीर समस्या हुँदैन। जीवन शैलीलाई विशेष ध्यान दिनुपर्दछ। हरेक व्यक्तिले हप्तामा १२० मिनेट व्यायाम गर्नु आवश्यक छ।

हृदयाघात विषेशगरी कुन उमेर समूहमा र महिला पुरुषमा कसलाई बढी हुन्छ ?
हृदयाघात वा मुटुरोग विषेशगरी धेरै वयस्कमा हो र हामीले वयस्कलाई नै हुन्छ भनेर बुझ्छौँ। तर, कसैमा या वंशाणुगत पनि हुन्छ। तर पछिल्लो समय अहिले यो युवामा २०/२५ वर्षका युवालाई पनि हृदयाघातबाट मृत्यु हुने गरेको छ। मुटुको रक्तनली साँघुरो हुने भएकाले महिलाको तुलनामा हृदयघात पुरुषमा बढी हुन्छ। धुम्रपान, मद्यपान बढी गर्ने र अस्वस्थकर खाना बढी खाने पुरुष नै हुन्छन्। त्यसैले यो समस्या पुरुषमा बढी देखिन्छ।

एक पटक हृदयाघात भएर निको भएपछि दोहोरिने सम्भावना कति हुन्छ ?
दोहोरिन सक्छ। त्यसको लागि मुटुको रगत नलीमा ब्लकेज आएर मुटुको उपचार, अप्रेसन गर्छौ र जीवन भर औषधि खानु पर्दछ। एक पटक भएपछि अब सबै सकियो भनेर ढुक्क हुनु हुँदैन।

हृदयाघात भएर अस्पताल आएपछि कसरी गरिन्छ उपचार ?
हृदयाघात भएर धेरै जस्तो आकस्मिक कक्षमा आउनु हुन्छ। त्यस्तो बेला हामीले मुटुको चाल, इसिजी, सिटी स्क्यान, डाइग्नोसिस पनि गर्छौ। रगत नलीको हात वा खुट्टाबाट तार छिराएर ब्लकेट भएको छ कि छैन भनेर हेर्छौँ।

कस्तो खाना खाँदा मुटु स्वस्थ हुन्छ ?
मुटुको रोग धेरै प्रकारको हुन्छ। यो हृदयाघातको सन्दर्भमा खानपानमा चिल्लो, माछा, मासु कम खाने, सागपात खाने, फलफूलहरू खाने गर्नुपर्छ।

समग्रमा मुटुमा के कारणले गर्दा समस्या बढ्दै गएको छ ?
अहिले खाने कुराहरू धेरै आएका छन्। त्यसमा धेरै चिल्लो खानाले पनि यो समस्या बढ्दै गएको छ। मोटोपन बढेको छ। सहरी क्षेत्रमा हिँड्ने बानी नै हटिसेको छ। जसले गर्दा शारीरिक व्यायाम पनि कमी भएको देखिन्छ। अल्छी भएमा शारीरिक समस्या निम्तिने खतरा हुन्छ। धूम्रपान सेवनले पनि यो समस्या धेरै भएको छ। यसलाई हामी रोक्न सक्छौँ तर एउटा यो वंशाणुगत कारण हो भने त्यसलाई हामीले परिवर्तन गर्न सक्दैनौँ। त्यसैले समयमा नै आफ्नो शरीरको जाँच गराइरहनुपर्छ।

मुटुमा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
साना बच्चामा धेरै टनसिल भइरहने छ भने पनि मुटुको जाँच गराउने गर्नुपर्छ। यसले गर्दा पछि गएर मुटुको समस्या नहुने खतरा हुन्छ। त्यसपछि सन्तुलित भोजन खाने, गर्भावस्थादेखि नै राम्ररी केयर गर्ने। सरकारले मुटु रोगका अहिले धेरै औषधिहरू ल्याएको छ। जाँचेर खान सकिन्छ।

सबैले ४० वर्ष कटेपछि डायबिटिज, उच्च रक्तचाप, लगायतका रोग जाँच गर्ने, मदिरा धूम्रपान सेवन गरेको छ भने शरीरमा समस्या भएको नभएको जाँच गर्ने। चिन्ताबाट मुक्त हुने, पर्याप्त मात्रामा शारीरिक व्यायाम गर्ने र शरीरलाई चलायमान राख्ने खालका काम गर्नुपर्छ। राति सुत्दा धेरै घुर्ने मान्छे र दिउँसो सुत्ने मान्छेमा पनि मुटु रोगको सम्भावना धेरै छ। जीवनशैली महत्त्वपूर्ण कुरा हो, खानपानमा विशेष ध्यान दिने, शारीरिक व्यायाम गर्दा यस्तो समस्याबाट बच्न सकिन्छ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : १० बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको