इराकमा धार्मिक अतिवाद र आगलागीको पीडा | Khabarhub Khabarhub

इराकमा धार्मिक अतिवाद र आगलागीको पीडा


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

उत्तरी इराकको क्वीरेकोसमा भएको एक विवाह समारोहमा भएको विस्फोटमा करिब एक सय जनाको ज्यान गएको छ। त्यहाँ एक्कासी आगलागी हुँदा ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन्। मंगलबार यसरी आगलागी हुँदा १९ वर्षीय घाले नसीम अलिकति मात्र टाढा थिए। त्यस आगलागीमा परेका आफ्ना पाँच जना साथीलाई बचाउन उनले एकदमै मेहनत गरेका थिए।

एउटा ढोका बन्द थियो। यस कारण हामीले एकदमै हतार गरेर खोलेका थियौं। भित्रबाट मुस्लो आइरहेको थियो। तापक्रम बढी रहेको थियो। एकदमै बढेको तातोमा परेर ९४ जनाको ज्यान जानुको साथै एक सय भन्दा बढी घाइते भए। दुलाहा र दुलहीको नृत्य चलिरहेको समयमा सो दुर्घटना भएको थियो।

१९ वर्षीय युवाले दमकल आइपुग्दा बाथरुममा २६ जनाको शव देखेका थिए। एक १२ वर्षीया बालिका पुरै डढेकी थिइन्। उनी कुनामा त्यत्तिकै थिइन्। इराकको सिभिल रक्षा प्रवक्ता गवात अल रहमानले त्यहाँ भित्र आगो तापेर धेरै जना बसेको समयमा आगलागी भएको बताएका छन्। त्यहाँ भित्र बली रहेका आगोको मुस्लाहरूले प्राणघातक काम गरेको थियो।

१९ वर्षीय नसिमकै विचारमा इमर्जेन्सी उपचार गर्नुपर्ने धेरै कुराको उपचार नभएका कारण यो सबै भएको हो। उनका साथीहरू सुरक्षित नै थिए। उनकै एक जना साथी टमी उदय आगलागी हुँदा ढोकाको अर्को छेउमा उभीरहेका थिए। ‘मैले सिलिङबाट कालो बादल झैँ मडारी रहको देखेको थिए। यी सबै पाँच मिनेटमा तहसनहस भएका थिए। ५० शव बुधबारसम्म पनि त्यही रहेका थिए।

तीमध्ये धेरै जनाको अन्त्येष्टि भएको थियो। धेरै जना त्यहाँ आफ्ना आफन्तको खोजी रहेका थिए। आगो लाग्दै गर्दा गजवान ३३ वर्षीय श्रीमती, चार वर्षको बच्चा र १३ वर्षीया छोरा पछि रहेर हेरिरहेका थिए। त्यसै समयमा १० वर्षीय बच्चा शरीरमा लागेको आगोसहित बाहिर निस्केको हेरिरहेकी थिइन्।

अस्पतालमा कार्यरत आगलागी नियन्त्रक डा. वाल सालेम आगलागीमा परेका ६० प्रतिशतको अवस्था चिन्ताजनक भएको बताए। धेरै जनाको अनुहार छाती र हातमा चोट लागेको थियो। मुख्य नर्स इस्रा मोहम्मद मोहम्मदले २०० जनाको उपचार गरेको बताइन्।

‘मैले देखेको साँच्चै दुखद थियो,’ उनले भनिन्, ‘मैले ९० प्रतिशत भन्दा बढीको अवस्था पुरै जलेको देखेको थिएँ। ५० जना बच्चाहरूको अवस्था अस्पताल पुग्दा जली सकेको थियो।’ मोहम्मदकै अनुसार सबै जनाको अवस्था त्यत्ति सहज थिएन।

नसिम र उनका साथीहरूका लागि त्यो अवस्था साँच्चै पीडादायक थियो। ‘मैले के महसुस गरे म भन्न नै सक्दिन,’ उनले अगाडि भनिन्, ‘आफ्ना परिवारका सबै सदस्य गुमाउनेको पीडा पनि मलाई थाहा छ। नानभिन्स प्रान्त होइन, अहिले सिङ्गो इराक नै दुःखी छ।’

घटनापछि सुरक्षाकर्मीले त्यहाँ कायरत १० जनालाई गिरफ्तार गरीसकेको छ। त्यहाँका मालिक पनि गिरफ्तार भएका छन्। अन्त्येष्टिमा सरिह हुनेहरू आफन्तलाई प्रिय लाग्ने वस्तु पनि त्यही ल्याएर फ्याँक्ने सोचाइमा थिए। धन्न दुलाहा र दुलही भने जीवितै रहे। उनीहरू उपचारका लागि अस्पताल लगिएका छन्।

केही सार्वजनिक भएको भिडियोका अनुसार सिलिङबाट उनीहरू झरी रहेको दृश्य देखिन्थ्यो। दुलाहा र दुलही नाची रहेको दृश्य देख्नेलाई आगो एक्कासी सल्केपछि के भएको भन्ने नै थाहा थिएन। मुस्किलले ज्यान बचाएकी ३४ वर्षीया इमाद योजनाले त्यस हलबाट बाहिर निस्कन नसक्ने जत्तिले ज्यान गुमाएको बताइन्। उनले पनि आफ्नो आमा र बालबच्चा त्यही गुमाएको बताइन्।

यो घटनाको पुरै विवरण आइ सक्दा प्रारम्भमा अनुमान गरिए भन्दा एकदमै धेरै जनाको ज्यान गइसकेको हुनसक्ने छ। अहिले इराक शोकमा डुबेको छ। त्यहाँका घटनामा देश तथा विदेशबाट सहानुभूति दिने काम जारी नै छ।

त्यहाँको आन्तरिक मामला मन्त्रीले सुरक्षाको सम्पूर्ण कुराको मापदण्ड नभएका कारण यो घटना भएको बताउँदै यसका बारे कारबाही हुने बताए। यस अगाडि नै सिभिल डिफेन्सका निर्देशकले त्यस हलमा अत्यधिक प्रज्वलनशील पदार्थ धेरै भएका कारण यस्तो घटना भएको उल्लेख गरिएको थियो। त्यहाँ भएको आगलागीका कारण टोक्सीस जम्मा भएको थियो।

इराकमा यस किसिमका घटना बारम्बार भए पनि कमै मात्र सञ्चार माध्यममा आउने गरेको जनाइन्छ। यस्ता पार्टी प्यालेस र हल निर्माण गर्ने क्रममा मापदण्ड पुरा नगरेका कारण यस्तो समस्या आउने गरेको जनाइएको छ।

प्रधानमन्त्री सिया अल सुदानीले आवश्यक मापदण्डको खोजी गरिने बताएका छन्। यसभन्दा अघि सन् २०२१ मा नासारीयाको एक अस्पतालमा भएको एक आगलागीमा सय जनाको ज्यान गएको थियो।

सन् २०१४ मा अतिवादी इस्लामिक समूह इस्लामिक स्टेटका कार्यकर्ताबाट लखेटिनु अगाडिसम्म क्रिस्चीयनको प्रभाव क्षेत्र थियो। धेरै क्रिस्चीयन त्यहाँबाट भागे पनि रहीरहेका केही क्रिस्चीयनमाथि सन् २०१६ मा अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले कब्जा नगरेसम्म त्यो स्थानमा इस्लामिक स्टेटले चरम ज्यादती गरेको थियो।

बारम्बार धार्मिक अतिवादको सिकार भएको त्यस स्थानमा अहिले यो दुर्घटनाको पीडा अझ लामो समय रहने छ।
स्रोतः बीबीसी

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ११ बजे

त्रिविको प्रवक्तामा सह-प्रशासक बोहोरा नियुक्त

काठमाडौं- त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले त्रिविको प्रवक्तामा सह-प्रशासक एमानसिंह बोहोरालाई

प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम

राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा

काठमाडौं – सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवम्‌ प्रमुख कार्यकारी

कृषि उत्पादन बढाउन व्यवसायिकरण जरुरी छ : डा महत

सुदूरपश्चिम– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको

दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै

काठमाडौं – दशैंमा मासुको माग पूर्ति गर्न काठमाडौं उपत्यकामा झन्डै