बलात्कारको आरोपमा तीनजना पक्राउ « Khabarhub

बलात्कारको आरोपमा तीनजना पक्राउ


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

बर्दिया– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बढैयाताल गाउँपालिका–९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका–५ गोलाका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ । 

दमाईले ती बालिकालाई विभिन्न समयमा पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, मोरङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

घटनामा संलग्न फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १ : १५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट