चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु पुगे « Khabarhub

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु पुगे


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार छेन्दु सहर पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट छेन्दु पुगेका हुन् ।

छेन्दुमा सिचुवान प्रान्तका भाइस गभर्नर याङ चिनपिङलगायत प्रान्तीय सरकारका अधिकारीहरुले विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका छन् ।

छेन्दुमा रहँदा प्रधानमन्त्री प्रचण्डले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने र द्विपक्षीय छलफलमा सहभागी हुने कार्यक्रम छ ।

उनीसँग साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय किमिटीका सचिव वाङ सियाओले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम रहेको छ ।

बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री प्रचण्ड बिहीबार कैलाश मानसरोवरको अवलोकन भ्रमणका लागि गएका थिए । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरु शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  २ : १८ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ