काठमाडौँ– कुमारी बैंक लिमिटेडले थप ५ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँस्थित कपन, सितापाइला र डल्लु तथा ललितपुरको भैसेँपाटी र टौखेल गरी ५ स्थानमा असोज १२ गतेबाट शाखाहरू सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको हो ।
बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ ।
२२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको उक्त बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३०९ एटिएम, ४८ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।