बागमती प्रदेशमा पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक « Khabarhub

बागमती प्रदेशमा पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजोबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज बिहान जापानको विदेश मन्त्रालयमा भेटघाट र छलफल भएको मन्त्री दुलालका स्वकीय दीपक न्यौपानेले जानकारी दिए । भेटमा जापान सरकार र बागमती प्रदेश सरकारबीच र प्रदेश र स्थानीय तहका पूर्वाधार र कृषि क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

जापानका विदेश मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसँग मध्यम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको बताएका थिए । उनले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि प्रयोग गर्नका लागि जापान सरकार तयार रहेको बताएको स्वकीय सचिव न्यौपानेले जानकारी दिए ।

भेटमा मन्त्री दुलालसँगै नेपालकातर्फबाट बागमती प्रदेश सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौँरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, राजदूताबासका प्रथम सचिव जीतबहादुर कार्की र नेपाली जनप्रगतिशील मञ्च, जापानका नेता हवलचन्द्र लामाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : १७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर