अनमोल केसी पक्राउ « Khabarhub

अनमोल केसी पक्राउ


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता अनमोल केसी पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको हो ।

केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार उनलाई अहिले काठमाडौँ ल्याइँदै छ ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको राठौरले बताए ।

उनले सहमतिका लागि बोलाउँदासमेत नआएर प्रहरीले सकेको गरोस् भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए । आइतबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

उनीसहित चलचित्रका अन्य कलाकारले गरेर निर्माण पक्षको कूल एक करोड बढी पैसा लगेको पाइएको छ । निर्माणकर्ताले यसरी रकम लिएर सम्झौता पनि नगरेको र छायाङ्कनमा पनि नआएको भन्दै जाहेरी दिएका बताइएको छ । अन्यका हकमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ६ : ०५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार