बेपत्ता गजुरेलको शव ईन्द्रावती खोलामा फेला « Khabarhub

बेपत्ता गजुरेलको शव ईन्द्रावती खोलामा फेला


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ फट्टेस्थित बाटोको छेउमा लगाएको पर्खालबाट हाम फाली बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

सोही जिल्लाको हेलम्बु गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका ६ महांकाल बस्दै आएका ६४ वर्षिय विष्णुप्रसाद गजुरेल असोज ११ गते उक्त खोलामा हाम फालेर बेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथ उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस मेलम्चीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयाँलको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको शव मेलम्चीको ढकालखहरे स्थित ईन्द्रावती खोलाको बीच भागमा फेला पारेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : ४९ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको