कोइकाको आयोजनामा स्वयंसेवक साझेदारी कार्यशाला सम्पन्न « Khabarhub

कोइकाको आयोजनामा स्वयंसेवक साझेदारी कार्यशाला सम्पन्न


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरियाली अन्तर्राष्ट्रिय सहकार्य निकाय कोइकाको आयोजनामा काठमाडौँमा स्वयंसेवक साझेदारी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

कोइकाले सञ्चालन गरेको स्वयंसेवक कार्यक्रमको समीक्षा गर्नुका साथै नेपालमा स्वयंसेवक कार्यक्रमलाई थप सुधार गर्नका लागि कार्यशाला आयोजना गरिएको एक विज्ञप्ति जारी गर्दै कोइकाले जानकारी दिएको छ ।

कार्यक्रममा कोइका नेपालका निर्देशक मुह्योन कोङले कोरिया र विकाशशील मुलुकमा आर्थिक एवम् सामाजिक विकास गर्दै द्विपक्षीय साझेदारी वृद्धि गर्नु आफ्नो संगठनको उद्देश्य रहेको बताए ।

कार्यक्रममा ललितपुरस्थित श्रमिक शान्ति माध्यमिक विद्यालयमा सूचना प्रविधि स्वयंसेवकका रुपमा खटिएका ह्येओन्सु पार्क र नेपाल सशस्त्र प्रहरी विद्यालयमा तेक्वान्दो प्रशिक्षक योङ्म्यान युनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कोइकाले नेपाललायत विभिन्न मुलुकमा गरिबी निवारण, दिगो विकास एवम् दुई मुलुकबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले स्वयंसेवक कार्यक्रममा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : ०१ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का