मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालयको छड्के अनुगमन « Khabarhub

मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालयको छड्के अनुगमन


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के अनुगमन गरेका छन् । उनले त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिर्फल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गरेका हुन् ।

मन्त्री भुसालले पशुपन्छीमा लाग्ने अन्य रोगको खोप उत्पादनसम्बन्धि वस्तुस्थिति, पशुपन्छीको रोग निदान गर्ने प्रयोगशालाको भौतिक पूर्वाधारको अवस्था, आवश्यक जनशक्तिको अवस्था, प्रयोगशालामा सञ्चालनमा नआएका मेसिनको अवस्थाबारे जानकारी लिए ।

कार्यालय समयमै छड्के अनुगमनका क्रममा हालसम्म भएका कार्यप्रगतिको जानकारी लिँदै उनले लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका लागि तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशन दिए।

मन्त्री भुसालले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक सिड भाइरस भारतबाट ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिँदै भारतबाट सिड भाइरस ल्याएपछि प्रयोगशालाले लम्पी स्किन रोगको भ्याक्सिन तयार गर्ने बताए ।

कार्यालयका प्रमुख पशु चिकित्सक डा टङ्कप्रसाद प्रसाईंले लम्पी स्किन रोगको नियन्त्रणका लागि भ्याक्सिन अनिवार्य भएको र यसको खोप उत्पादन गर्ने गरी राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले काम गरिरहेको जानकारी गराए ।

उनले लम्पी स्किन रोगको नियन्त्रणका लागि कार्यालयले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक पूर्वाधार बनाइसकेको बताए । अपुग स्रोतसाधनको तत्काल पूर्ती गरी पशुपन्छीको क्षेत्रको कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, बिरामी पशुपन्छीको उपचारलगायतका क्षेत्रमा यी कार्यालयबाट काम हुँदै आएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : ३४ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक