आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्छ : ओली | Khabarhub Khabarhub

आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्छ : ओली


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई बहुमतसहित सातै प्रदेशमा विजय गराउनुपर्ने बताएका छन् ।

एमाले कोशी प्रदेशको अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीले लिएको ‘मिशन–८४’ अन्तर्गत प्रत्येक टोल, वडा, जिल्ला, प्रदेश र सङ्घमा ५१ प्रतिशत मतका साथ पार्टीलाई विजयी गराउन निर्देशन दिए ।

अध्यक्ष ओलीले जनताको समस्या बुझ्ने पार्टी एमाले मात्र भएको दावी गर्दै विगतमा एमाले ल्याएको ज्येष्ठ नागरिक वृद्ध भत्ता, महिलालाई प्रत्येक क्षेत्रमा ३३ प्रतिशत आरक्षण र महिला उद्यमीलाई चार प्रतिशत ब्याजमा दिएको ऋणले जनताले पार्टीलाई माया गरी विजयी गराउने विश्वास व्यक्त गरे ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को जनताको आकङ्क्षा एमालेले मात्र पूरा गर्ने बताउँदै पार्टीले लिएको एउटा बाटो, एउटा नीतिका आधारमा मुलुकको विकास हुने विचार राखे । अध्यक्ष ओलीले पार्टीभित्र गरेका कामका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै सहमति वा निर्वाचनमा आधारमा जे भए पनि लोकतान्त्रिक विधि पार्टीको मुलमन्त्र रहेको विचार राखे ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ, पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फे र प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टीको नेतृत्वमा कुनै विवाद रहेको र लोकतन्त्र संरक्षण गर्न कार्यकर्तालाई आह्वान गरे । दुई दिने अधिवेशनमा प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : २० बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान