‘दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव जमाउन पाकिस्तानले आतंककारी संगठनको प्रयोग गर्‍यो’ « Khabarhub

‘दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव जमाउन पाकिस्तानले आतंककारी संगठनको प्रयोग गर्‍यो’


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेनेभा- पाकिस्तानले दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि भाडाका सैनिक एवम् आतंककारी संगठनको प्रयोग गर्दै आएको एक जना शोधकर्ताले आरोप लगाएकी छिन् ।

स्विट्जरल्याण्डस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा बोल्दै ल्युस प्लेइडले राष्ट्रसंघले प्रतिबन्ध लगाएका आतंककारी संगठनहरु पाकिस्तानमा खुला रुपमा सक्रिय रहेको बताएकी हुन् । परिषदमा बोल्दै उनले जैश ए मोहम्मद, लस्कर ए तैएबाजस्ता संगठनलाई पाकिस्तानी सेनाले सहयोग गर्ने गरेको आरोपसमेत लगाइन् ।

उनले भूराजनीतिक स्वार्थ पूरा गर्नका लागि पछिल्लो समय भाडाका सैनिक प्रयोग हुने क्रम बढेको भन्दै यस्ता संगठनले मानव अधिकार उल्लङ्घन गर्ने जोखिम पनि उच्च हुने बताइन् । उनले पाकिस्तानी सेनाले दण्डहीनताला प्रश्रय दिने गरेको भन्दै परिषदले यसविरुद्ध कदम चाल्नुपर्नेमा समेत जोड दिइन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ०६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको