सराय नाचको संरक्षणमा गुल्मेली युवा | Khabarhub Khabarhub

सराय नाचको संरक्षणमा गुल्मेली युवा


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् ।

बडादसैँका बेला खेलिने सराय नाच जिल्लाको निकै पुरानो संस्कृतिका रुपमा चिनिन्छ । पछिल्लो समय पुराना पाका उमेर समूहका व्यक्तिको देहवशान र युवाको विदेश पलायनसँगै सराय नाच सङ्कटमा पर्दै जान थालेको छ ।

गुल्मी जिल्लाको रेसुङ्गा, मुसिकोट, धुर्कोट, इस्मा, छत्रकोट, मालिका, मदाने, चन्द्रकोटलगायत पालिकाका युवा यसको संरक्षणमा जुटेका हुन् ।

विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लाका मुख्य मन्दिर, देवालय, तथा शक्तिपीठका कोतकोतमा सराय नाच्ने प्रचलन छ ।

मुसिकोटको जोगिथुम, छत्रदेवालय, अर्जै, घमिर, धुर्कोट, चोयँगा, अमरपुर, धागिथुमलगायत स्थान सराय नाचका लागि निकै प्रख्यात स्थलका रुपमा परिचित छन् । एकादशीदेखि पूर्णिमाका दिनसम्म यी स्थानमा हजारौँ मानिस मेला हेर्न र सराय नाच्नका लागि घुइँचो लाग्ने गर्दछ ।

स्थानीयमात्र हैन जिल्ला बाहिर रहेका व्यक्ति पनि यहाँको सराय नाच हेर्नका लागि आउने गर्दछन् । सबै मानिसको एकै ठाउँमा जमघट हुने र वर्षौंदेखिका पुराना आफन्त र साथीभाइसँग पनि भेटघाट हुने भएका कारण मानिसको बाक्लो उपस्थिति हुने गर्दछ ।

रुमाल र तरबार नचाएर एकआपसमा खुसी साटासाट गरेर सराय नाच नाचिन्छ । संस्कृतिको जर्गेनासँगै नयाँपुस्तालाई सराए नाचको महत्वबारे जानकारी गराउने उद्देश्यले गुल्मीका युवाले परम्परागत संस्कृतिको जगेर्नामा लागेको मुसिकोट युवा क्लबका अध्यक्ष वसन्त अधिकारीले बताए ।

मन्दिरमा चढाइएका खोडा र दसैँका बेलामा राखिएका जमराको माला र धोती पासासहितको एउटै पहिरन लगाएर सराय नाच प्रदर्शन गर्ने प्रचलन छ ।

कतिपय लहैलहैमा हातमा रुमालको सहायताले पनि सराय नाचमा झुम्मी रहेका हुन्छन् । पछिल्लो समयमा नयाँपुस्ताले अनुशरण नगर्दा सराय लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय हरि घिमिरेले बताए ।

इस्मा गाउँपालिकाअन्तर्गत ताल्तुङमा पनि युवाले स्थानीयस्तरमै आपसमा सहयोग उठाएर सराय नाचको संरक्षण गर्दै आएको स्थानीय राजेन्द्रविक्रम कुँवरले बताए ।

उनले पछिल्लो समय सराय खेल्नेभन्दा हेर्नेको सङ्ख्या धेरै भएपछि यसपटकको दसैँका अवसरमा अभियान नै चलाएर सराय नाच संरक्षणमा युवा परिचालन भएको बताए । स्थानीय कुँवरले पुराना पुस्ता सकिँदै जाँदा पुराना कलासंस्कृति पनि हराउँदैै जाने सङ्कट पैदा भएको जनाउँदै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

मन्दिरमा राखिएका तरबार निकालेर तिनै तरबारलाई घुमाउँदै एकआपसमा जोडिएर सराय नाच्ने गरिन्छ । सराय नाच धेरैजसो गुल्मीलगायत अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठानलगनयतका जिल्लाका कोट र शक्तिपिठमा नाच्ने प्रचलन छ । यसरी सराय नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : २९ बजे

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप