राष्ट्रपतिले उद्घाटन गरेको धाराको हालत « Khabarhub

राष्ट्रपतिले उद्घाटन गरेको धाराको हालत


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ठूलाबडालाई खुसी बनाउने नाममा राज्यकोषको कतिसम्म दुरुपयोग हुन्छ भन्ने उदाहरण काठमाडौंको भृकुटीमण्डपमा रहेका तीनवटा ढुंगेधाराको हरिबिजोग हेरे पुग्छ ।

काठमाडौंबासीको दशकौँको सपना रहेको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि तात्कालिक राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउन चार दिनको हतारोमा लाखौं खर्च गरी बनाइएका ती धारा अहिले बेहाल अवस्थामा छन् । 

चौबीसै घण्टा पानी झार्ने गरी राष्ट्रिय विकास आयोजनाको गौरव झल्कने गरी तात्कालिक राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली  र खानेपानीमन्त्री मणि थापाले धाराको टुटी खोलेर पानी खसालेका थिए । देशको प्रशासनिक मुख्यालय सिंहदरबारको सम्मुख देखिएको विकासको यो विद्रुप दृश्यले देशकै विकासे मोडलको खिल्ली उडाएको छ । तीन वर्षअघि सम्पन्न भएको भनिएको मेलम्ची आयोजना फेरि हेडबक्स मर्मतका नाममा अनिश्चित बनेको छ । 

राष्ट्रपतिको हातबाट मेलम्ची खानेपानी आयोजना उद्घाटन गराउने तत्कालीन सरकारको निर्णय भएपनि कसरी औपचारिक कार्यक्रम गर्ने भन्ने विषयमा सबै अन्योलमा थिए । खानेपानी मन्त्री थापा, सचिव माधव बेल्बासे, आयोजना प्रमुख तिरेश खत्री, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलकुमार श्रेष्ठको बैठकले भृकुटीमण्डपको सरकारी स्वामित्वको खाली जग्गामा धारा निर्माण गर्ने निधो गरेको थियो । 

राष्ट्रप्रमुखले शुभारम्भ गर्ने धाराको टुटीबाट चौबीसै घण्टा पानी झर्नुपर्ने अडानलाई मूर्तरुप दिन पानी वितरण गर्न बिछ्‌याइएको मुख्य पाइपमा जोडेर सम्पूर्ण काम सम्पन्न गरिएको थियो ।

 निर्माणको सम्पूर्ण दायित्व केयूकेएल, पीआईडी र रमण कन्स्ट्रक्सनले लिएका थिए । रातारात काम सक्ने दबाब भएपछि निर्माण कम्पनीले सिमेन्ट सुकाउन हेयर ड्रायर मेसिन समेत प्रयोग गरेको बताइन्छ । ठुलाबडा रिझाउन गरिने यसखाले विकासको पिरलोले पुरै देश आक्रान्त बनेको छ ।  

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  २ : २३ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब