राष्ट्रपतिले उद्घाटन गरेको धाराको हालत « Khabarhub

राष्ट्रपतिले उद्घाटन गरेको धाराको हालत


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ठूलाबडालाई खुसी बनाउने नाममा राज्यकोषको कतिसम्म दुरुपयोग हुन्छ भन्ने उदाहरण काठमाडौंको भृकुटीमण्डपमा रहेका तीनवटा ढुंगेधाराको हरिबिजोग हेरे पुग्छ ।

काठमाडौंबासीको दशकौँको सपना रहेको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि तात्कालिक राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउन चार दिनको हतारोमा लाखौं खर्च गरी बनाइएका ती धारा अहिले बेहाल अवस्थामा छन् । 

चौबीसै घण्टा पानी झार्ने गरी राष्ट्रिय विकास आयोजनाको गौरव झल्कने गरी तात्कालिक राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली  र खानेपानीमन्त्री मणि थापाले धाराको टुटी खोलेर पानी खसालेका थिए । देशको प्रशासनिक मुख्यालय सिंहदरबारको सम्मुख देखिएको विकासको यो विद्रुप दृश्यले देशकै विकासे मोडलको खिल्ली उडाएको छ । तीन वर्षअघि सम्पन्न भएको भनिएको मेलम्ची आयोजना फेरि हेडबक्स मर्मतका नाममा अनिश्चित बनेको छ । 

राष्ट्रपतिको हातबाट मेलम्ची खानेपानी आयोजना उद्घाटन गराउने तत्कालीन सरकारको निर्णय भएपनि कसरी औपचारिक कार्यक्रम गर्ने भन्ने विषयमा सबै अन्योलमा थिए । खानेपानी मन्त्री थापा, सचिव माधव बेल्बासे, आयोजना प्रमुख तिरेश खत्री, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलकुमार श्रेष्ठको बैठकले भृकुटीमण्डपको सरकारी स्वामित्वको खाली जग्गामा धारा निर्माण गर्ने निधो गरेको थियो । 

राष्ट्रप्रमुखले शुभारम्भ गर्ने धाराको टुटीबाट चौबीसै घण्टा पानी झर्नुपर्ने अडानलाई मूर्तरुप दिन पानी वितरण गर्न बिछ्‌याइएको मुख्य पाइपमा जोडेर सम्पूर्ण काम सम्पन्न गरिएको थियो ।

 निर्माणको सम्पूर्ण दायित्व केयूकेएल, पीआईडी र रमण कन्स्ट्रक्सनले लिएका थिए । रातारात काम सक्ने दबाब भएपछि निर्माण कम्पनीले सिमेन्ट सुकाउन हेयर ड्रायर मेसिन समेत प्रयोग गरेको बताइन्छ । ठुलाबडा रिझाउन गरिने यसखाले विकासको पिरलोले पुरै देश आक्रान्त बनेको छ ।  

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  २ : २३ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार