देउवाको अभिव्यक्तिप्रति मोहन श्रेष्ठको आपत्ति- अब संसार बुझेका युवाले अब जवाफ खोजून् « Khabarhub

देउवाको अभिव्यक्तिप्रति मोहन श्रेष्ठको आपत्ति- अब संसार बुझेका युवाले अब जवाफ खोजून्


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विदेश पलायन भएका युवा रहर पुगेपछि स्वदेश फर्किने भनी अभिव्यक्ति दिएको भन्दै प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले आपत्ति जनाउँदै देउवाको अभिव्यक्ति गैरजिम्मेवार पूर्ण रहेको बताएका छन् । 

हरेक युवामा आफ्ना छोरा जयवीर देउवाको छवि देख्न नसक्नु शेरबहादुरको डरलाग्दो कमजोरी रहेको भन्दै उनले आफूहरुले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो देखिएकाले अब संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोज्नुपर्ने बताएका छन् । 

फेसबुकमा उनले लेखेका छन् : 

देशको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनहुँजसो सयौं र हजारौंको संख्यामा युवा र विद्यार्थी विदेश पलायन भइरहेको भए पनि “रहर पुगेपछि फर्कने” भनी दिनुभएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ । सत्ता साझेदार दलको प्रमुख नेताले युवा पलायनको गम्भीर विषयमा हल्काफुल्का जवाफ दिनु अशोभनीय छ। युवा पलायन वर्तमानको मात्रै होइन, भावी नेपालका लागि समेत चिन्ताको विषय हो । अहिले नै गाउँ गाउँमा युवा रित्तिएका छन्, ५० लाखभन्दा बढी युवा विदेशीएका छन्, ति मध्ये केही युवा फर्केलान् तर अधिकांशको फर्कने टुंगो छैन ।

युवाको अत्यासलाग्दो ढंगबाट भइरहेको विदेश पलायन र स्वदेशमै रहेका युवालाई रोक्ने, सम्मानजनक काम र अवसर सिर्जना गर्ने, विदेशीएका युवालाई स्वदेश फर्काउने, नेपाल निर्माणको साझेदार बनाउनेबारे देशभित्रका शक्तिहरुले साझा राष्ट्रिय संकल्प लिनुपर्ने बेलामा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुभएको यस्तो अभिव्यक्तिले मलाई चाहिँ पीडाबोध गराएको छ। हरेक युवामा उहाँले आफ्नो छोरा जयवीर सिंह देउवाको छवि देख्न नसक्नु डरलाग्दो कमजोरी हो ।

दुबई, कतार, मलेशिया, सिंगापुर जस्ता देशहरू बनाउन सक्ने नेपाली युवाले आफ्नो देश पनि बनाउन सक्छन्। आफ्नो देश बनाउनबाट तिनलाई कसले बञ्चित गरायो ? यो प्रश्नको जवाफ खोज्न ०६२-६३ को परिवर्तन, गणतन्त्र, गणतन्त्रपछि राज्य सञ्चालनको तौरतरिका र गणतन्त्रका नेताहरूलाई धारेहात लगाउनुपर्ने हुन्छ। हामीले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो मात्रै हुने, संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोजून्

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  २ : ४५ बजे

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण