सांकेतिक तस्बिर

अपराध

एक थान भरूवा बन्दुकसहित एक जना पक्राउ

By खबरहब

October 29, 2023

बाँके– डुडुवा गाउँपालिका-६ सिखनपुर्वा बस्ने २५ वर्षीय राहुल सिंह सरदारलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । 

सरदारले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास तथा धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।