नेपाल-भारत सिमा नाकामा कडाइ गरिने « Khabarhub

नेपाल-भारत सिमा नाकामा कडाइ गरिने


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाल-भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमावर्ती नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । 

पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागूऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिएका छन् । 

यस्तै बैठकमा सिमानाकाबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी तथा तस्करीलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको प्रजिअ रेग्मीले बताए । भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई मध्यनजर गरी सिमाक्षेत्रको सुरक्षा प्रबन्धलाई चुस्तदुरुस्त बनाउने र दुवै मुलुकका सुरक्षा अधिकारीबीच सहकार्य गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय भएको प्रजिअ रेग्मीको भनाइ छ ।

 बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ५ : २६ बजे

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र