ऐतिहासिक सम्पदा संरक्षणमा महासचिवको जोड « Khabarhub

ऐतिहासिक सम्पदा संरक्षणमा महासचिवको जोड


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा जोड दिएका छन् । 

नेपालको चारदिने भ्रमणमा रहेका महासचिव गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकनपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै पुरातात्विक महत्वका  सम्पदाको वास्तविक स्वरुप बिग्रन नदिन विशेष प्रयत्न गर्नुपर्नेमा जोड दिए । 

महासचिव एन्टोनियो गुटेरेसले भने, ‘भावी पुस्ताका लागि नेपालका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । यसले नेपालको भविष्य उज्ज्वल हुनेछ ।’ सन् १९७८ मा पनि आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाबाट आफू मन्त्रमुग्ध भएको बताए ।

महासचिव गुटेरेसले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको बताउँदै यस्ता ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने बताए । साथै उनले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राजनीतिक दलले गरेका प्रयत्नप्रति खुसी व्यक्त गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : २० बजे

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई