मुम्बई फिल्म फेस्टिभल सुरु « Khabarhub

मुम्बई फिल्म फेस्टिभल सुरु


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यसवर्षको मुम्बई फिल्म फेस्टिभल सुरु भएको छ । मुम्बईस्थित नीता अम्बानी कल्चरल सेन्टरमा आयोजित फेस्टिभलको उद्घाटन समारोहमा चर्चित बलिउड सेलिब्रिटीले रेडकार्पेट नापे ।

कोरोना महामारीपछि पहिलोपटक भौतिकरुपमा आयोजना गरिएको यो फेस्टिभल नोभेम्बर ५ सम्म चल्नेछ । दश दिनसम्म हुने फेस्टिभलमा ७० भाषाका २५० फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।

जियो मामी समेत भनिने फेस्टिभल अध्यक्ष प्रियंका चोपडा जोनसले मास्टर सेरेमोनी प्रस्तुत गरेसँगै महोत्सव सुरु भयो । दिग्गज फिल्म निर्देशक मणिरत्नम र लुका गुआडाग्निनोलाई एक्सलेन्स इन सिनेमा अवार्डबाट सम्मानित गर्दै फेस्टिभल सुरु भएको थियो । कमल हसन र प्रियंकाले उनीहरुलाई पुरस्कार प्रदान गरे ।

फेस्टिभलमा नेपालबाट ‘गाउँ आएको बाटो’ दक्षिण एसिया प्रिमियर हुँदैछ । ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसिया अन्तर्गतको प्रतिस्पर्धामा छन् । दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर स् द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।

छोटो फिल्मको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स्’ पनि प्रतिस्पर्धामा छन् । विदुषी गिरीको लेखन र निर्देशनमा निर्माण भएको छोटो फिल्म ‘चिसो घर’को वल्र्ड प्रिमियर हुँदैछ । यो फिल्म ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत छनोट भएको हो ।

स्रोत : एएनआई

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : २३ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड