मुम्बई फिल्म फेस्टिभल सुरु « Khabarhub

मुम्बई फिल्म फेस्टिभल सुरु


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यसवर्षको मुम्बई फिल्म फेस्टिभल सुरु भएको छ । मुम्बईस्थित नीता अम्बानी कल्चरल सेन्टरमा आयोजित फेस्टिभलको उद्घाटन समारोहमा चर्चित बलिउड सेलिब्रिटीले रेडकार्पेट नापे ।

कोरोना महामारीपछि पहिलोपटक भौतिकरुपमा आयोजना गरिएको यो फेस्टिभल नोभेम्बर ५ सम्म चल्नेछ । दश दिनसम्म हुने फेस्टिभलमा ७० भाषाका २५० फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।

जियो मामी समेत भनिने फेस्टिभल अध्यक्ष प्रियंका चोपडा जोनसले मास्टर सेरेमोनी प्रस्तुत गरेसँगै महोत्सव सुरु भयो । दिग्गज फिल्म निर्देशक मणिरत्नम र लुका गुआडाग्निनोलाई एक्सलेन्स इन सिनेमा अवार्डबाट सम्मानित गर्दै फेस्टिभल सुरु भएको थियो । कमल हसन र प्रियंकाले उनीहरुलाई पुरस्कार प्रदान गरे ।

फेस्टिभलमा नेपालबाट ‘गाउँ आएको बाटो’ दक्षिण एसिया प्रिमियर हुँदैछ । ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसिया अन्तर्गतको प्रतिस्पर्धामा छन् । दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर स् द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।

छोटो फिल्मको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स्’ पनि प्रतिस्पर्धामा छन् । विदुषी गिरीको लेखन र निर्देशनमा निर्माण भएको छोटो फिल्म ‘चिसो घर’को वल्र्ड प्रिमियर हुँदैछ । यो फिल्म ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत छनोट भएको हो ।

स्रोत : एएनआई

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : २३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको