छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट « Khabarhub

छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिका कार्यालयले छोरी मात्र पाएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई नगरपालिकाबाट लगाइने करमा छुट दिने नीति लिएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रममा “लैङ्गिक भेद्भाव मुक्त व्यास नगर” बनाउने उद्देश्य अनुरुप छोरी २० वर्ष नपुग्दासम्म सम्पत्ति कर लगायतका सबै करमा २० प्रतिशत छुट दिएको हो । व्यास नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउनका लागि “उपप्रमुख महिला सीप विकास कार्यक्रम” सञ्चालन गर्न लागेको छ ।

“आत्मनिर्भर छोरी सशक्त व्यास नगर” अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी जनजाति दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको अध्ययनमा सहयोग गर्ने नीति लिएको हो ।

उमेर २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण लगायतका सचेतनामूलक कार्यक्रम गरिने व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । नगरपालिकाभित्र स्थायी बसोबास गर्ने कक्षा १२ सम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदानको व्यवस्था मिलाइएको छ ।

व्यास नगरपालिकामा स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पु¥याउने लक्ष्य नगरपालिकाको रहेको उनले बताए । महिलाद्वारा सञ्चालित सहकारीलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गर्दै “महिलासँग उपप्रमुख कार्यक्रम” अन्तर्गत गर्भवतीको पोषणका लागि सहयोग गर्ने कार्यक्रम रहेको छ ।

व्यास नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरी हिंसामा परेका महिलालाई कानुनी उपचारका लागि सहयोग एवं उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाउने योजना रहेको छ । उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराई पठनपाठनमा सहजीकरण गर्न लागेको व्यास नपाकी उपप्रमुख इन्दिरा दरैले बताए।

दलित, सिमान्तकृत लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका विभिन्न कार्यक्रममार्फत सशक्तीकरण गर्ने योजना नगरपालिकाले लिएको छ । व्यास नपाका महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि प्रशिक्षण, अवलोकन भ्रमण, अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्ने र अनुभव आदान प्रदान गर्ने कार्यक्रम ल्याइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : २० बजे

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर