बैतडीमा पिपिएल क्रिकेट सुरु « Khabarhub

बैतडीमा पिपिएल क्रिकेट सुरु


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको पाटनमा आजदेखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) सुरू भएको छ ।

पाटन–६ स्थित कृष्ण माविको खेल मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटनसहित दुई खेल सम्पन्न भएका छन् । पाटन क्रिकेट क्लबले आयोजना गरेको खेलको उद्घाटन नगरप्रमुख गौरीसिंह रावलले गरेका थिए ।

जिल्ला खेलकुद सङ्घका अध्यक्ष चमनकुमार भण्डारी, जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, क्रिकेट सङ्घका प्रदेश उपाध्यक्ष रमेश बोहरा, पाटनका उपप्रमुख कमल सिंह बोहरा, आयोजक क्लबका अध्यक्ष किरन चन्दलगायत स्थानीय जनप्रतिनिधिले खेलले मानिसलाई अनुशासित बनाउन योगदान गर्नेमा जोड दिएका थिए।

आजको खेलमा दशरथचन्द स्मृति प्रतिष्ठान विजयी भएको छ । उसले ग्वाल्लेक क्रिकेट क्लबलाई ८२ रनले हराएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए । प्रतिष्ठानले दिएको १६१ रनले लक्ष्य पन्छाएको ग्वाल्लेक ७९ रनमा समेटियो । उसका तर्कराज जोशीले सर्वाधिक २४ रन बनाए । प्रतिष्ठानका कृष्ण विष्टले ह्याट्रीकसहित चार र मुकेस मौनीले पनि चार विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रतिष्ठानले निर्धारित १५ ओभरमा सात विकेटको क्षतिमा १६० रन बनायो । जसमा डम्बर तिरुवाले ५८ रनको अर्धशतकीय पारी खेले । ग्वाल्लेकका भोजराज जोशीले दुई विकेट लिए ।

प्रतिष्ठानमा तिरुवा म्यान आफ द म्याच

यसैगरी दोस्रो खेलमा मेलौली नगरपालिकालाई १२१ रनले स्तब्ध पार्दै टिम क्वालीटी कैलपालले सुखद् सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कैलपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर २०० रन बनायो । कैलपालका प्रदीप चन्दले १२० रनको शतकीय पारी खेलेका थिए । यस्तै लोकेन्द्रबहादुर चन्दले ४४ रन हिर्काए ।

२०१ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा मेलौली १० ओभरमा ७९ रनमा अलआउट भयो । मेलौलीका अभिशेक पालले ३२ र नरेन भट्टले २७ रन बनाउन बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । कैलपालका लोकेन्द्रबहादुर चन्दले पाँच विकेट लिए । शतकीय पारी खेलेका कैलपालका चन्द म्यान आफ द म्याच चुनिए ।

प्रतियोगिताको दोस्रो दिन सोमबार तीन खेल हुनेछन् । पहिलो खेलमा टिम क्वालिटी कैलपाल, दशरथचन्द प्रतिष्ठान दोस्रोमा भुमेश्वर युवा क्लब र सहस्त्र लिङ्ग क्रिकेट क्लब र तेस्रोमा मेलौली नगरपालिका एवं ग्वाल्लेक क्रिकेट क्लब आमनेसामने हुनेछन् । १७ टोली सहभागी प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुने टिमले रु ५५ हजार पाँच सय नगदसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : ५३ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल