बैतडीमा पिपिएल क्रिकेट सुरु « Khabarhub

बैतडीमा पिपिएल क्रिकेट सुरु


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको पाटनमा आजदेखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) सुरू भएको छ ।

पाटन–६ स्थित कृष्ण माविको खेल मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटनसहित दुई खेल सम्पन्न भएका छन् । पाटन क्रिकेट क्लबले आयोजना गरेको खेलको उद्घाटन नगरप्रमुख गौरीसिंह रावलले गरेका थिए ।

जिल्ला खेलकुद सङ्घका अध्यक्ष चमनकुमार भण्डारी, जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, क्रिकेट सङ्घका प्रदेश उपाध्यक्ष रमेश बोहरा, पाटनका उपप्रमुख कमल सिंह बोहरा, आयोजक क्लबका अध्यक्ष किरन चन्दलगायत स्थानीय जनप्रतिनिधिले खेलले मानिसलाई अनुशासित बनाउन योगदान गर्नेमा जोड दिएका थिए।

आजको खेलमा दशरथचन्द स्मृति प्रतिष्ठान विजयी भएको छ । उसले ग्वाल्लेक क्रिकेट क्लबलाई ८२ रनले हराएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए । प्रतिष्ठानले दिएको १६१ रनले लक्ष्य पन्छाएको ग्वाल्लेक ७९ रनमा समेटियो । उसका तर्कराज जोशीले सर्वाधिक २४ रन बनाए । प्रतिष्ठानका कृष्ण विष्टले ह्याट्रीकसहित चार र मुकेस मौनीले पनि चार विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रतिष्ठानले निर्धारित १५ ओभरमा सात विकेटको क्षतिमा १६० रन बनायो । जसमा डम्बर तिरुवाले ५८ रनको अर्धशतकीय पारी खेले । ग्वाल्लेकका भोजराज जोशीले दुई विकेट लिए ।

प्रतिष्ठानमा तिरुवा म्यान आफ द म्याच

यसैगरी दोस्रो खेलमा मेलौली नगरपालिकालाई १२१ रनले स्तब्ध पार्दै टिम क्वालीटी कैलपालले सुखद् सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कैलपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर २०० रन बनायो । कैलपालका प्रदीप चन्दले १२० रनको शतकीय पारी खेलेका थिए । यस्तै लोकेन्द्रबहादुर चन्दले ४४ रन हिर्काए ।

२०१ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा मेलौली १० ओभरमा ७९ रनमा अलआउट भयो । मेलौलीका अभिशेक पालले ३२ र नरेन भट्टले २७ रन बनाउन बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । कैलपालका लोकेन्द्रबहादुर चन्दले पाँच विकेट लिए । शतकीय पारी खेलेका कैलपालका चन्द म्यान आफ द म्याच चुनिए ।

प्रतियोगिताको दोस्रो दिन सोमबार तीन खेल हुनेछन् । पहिलो खेलमा टिम क्वालिटी कैलपाल, दशरथचन्द प्रतिष्ठान दोस्रोमा भुमेश्वर युवा क्लब र सहस्त्र लिङ्ग क्रिकेट क्लब र तेस्रोमा मेलौली नगरपालिका एवं ग्वाल्लेक क्रिकेट क्लब आमनेसामने हुनेछन् । १७ टोली सहभागी प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुने टिमले रु ५५ हजार पाँच सय नगदसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : ५३ बजे

गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न- ‘सानालाई ऐन, ठुलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ?

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति

पुराना गाडीलाई विद्युतीय रुपान्तरणका लागि अनुमति दिने तयारीमा सरकार

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा रहेका

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक

आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जले

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा चार