आयुर्वेदिक उपचार पद्धतिको आकर्षण | Khabarhub Khabarhub

आयुर्वेदिक उपचार पद्धतिको आकर्षण


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय आयुर्वेदिक उपचारको प्रयोग बढ्न थालेको छ। आयुर्वेदिक उपचारमा दुखाइ कम गर्न प्रयोग गरिने रक्तमोक्षण विधि कस्तो उपचार हो ? यो उपचार गरिसकेपछि के के हुन्छन् ? यसको उपचार कसरी गरिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि डा. जया सत्यालसँग गरिएको कुराकानीको सम्पादित अंश:

पित्त र रगतसँग सम्बन्धित समस्याका कारण हुने रोगको उपचार गर्दा शरीरमा भएको खराब रगत निकालेर गरिन्छ। छाला सुनिने समस्यामा पनि रक्तमोक्षण गरिन्छ।

रक्तमोक्षण उपचार विधि के हो ?
रक्त भनेको रगत र मोक्षण भनेको निकाल्ने भन्ने हुन्छ। यसअर्थ शरीरमा भएको अस्वस्थ रगतलाई निकालेर गरिने उपचार विधिलाई रक्तमोक्षण विधि भनेर भनिन्छ। यो विधिमा यो उमेर भन्ने मापदण्ड छैन। तर, सामान्यतया एकदमै हाइपर टेन्सन भएको बिरामी, गर्भवती, रगत निकाल्दा डराउने व्यक्तिबाहेक पित्त र रगतसँग सम्बन्धित सबै बिरामीमा यो उपचार गरिन्छ। पुरानो चिकित्सा पद्धति जसलाई आयुर्वेदिक भनिन्छ। जसको विधि सिकाउने छुट्टै विद्या छ। यो विद्यामा मानिसका रोगका विभिन्न कारण हुन्छन्। बाथ, पित्त, कफ र रगत भनेर रोग उत्पादन गर्ने रोगको कारणको रूपमा हेरेको छ। जुन पित्त र रगतसँग सम्बन्धित समस्याका कारण हुने रोगको उपचार गर्दा शरीरमा भएको खराब रगत निकालेर गरिन्छ। छाला सुनिने समस्यामा पनि रक्तमोक्षण गरिन्छ।

यो विधिका फाइदा के छन् ?
अशुद्ध रगत शरीरमा भयो भने धेरै रोग लाग्छ। रक्तमोक्षण विधिले शरीरमा भएको अशुद्ध रगतलाई निकाल्ने हो। यो विधिले रोगलाई रोक्छ र रगतलाई सफा राख्न मद्दत गर्दछ। दुखाइ कम गर्न र शुद्ध रगतको सञ्चालन गर्न पनि मद्दत गर्दछ। रोगको प्रकृति अनुसार केही गर्दा पनि निको भएन भने एक पटक रक्तमोक्षण गर्दा दुखाइ कम हुन्छ। छालाका रोग सोडियासेस, इग्जमा जस्ता समस्याको समाधानसमेत रक्तमोक्षण विधिबाट हुनसक्छ। एकदमै ज्वरो आयो या घाँटी दुख्यो भने पनि हाम्रो शरीरमा हिटको मात्रा बढी भएर हो भने त्यो हिटलाई बाहिर फाल्नुपर्दछ भनेर उनीहरूले कपिङको माध्यमबाट रक्तमोक्षण गर्दछन्। यो विधि हाम्रो मित्र राष्ट्र चीनमा पनि अपनाइने गरिन्छ।

अशुद्ध रगत शरीरमा भयो भने धेरै रोग लाग्छ। रक्तमोक्षण विधिले शरीरमा भएको अशुद्ध रगतलाई निकाल्ने हो। यो विधिले रोगलाई रोक्छ र रगतलाई सफा राख्न मद्दत गर्दछ।

रगत निकाल्दा कति निकाल्ने ?
रगत निकाल्ने एउटा विधि हुन्छ। जस्तो एउटा भनेको जुकाको प्रयोग गरेर निकालिन्छ। गोरुको सिङहरूको सहायताले निकालिन्छ। त्यसको मात्रा भनेको रोगको प्रकृति हेरेर हुन्छ। कुनैमा एक दुई थोपा मात्र पनि निकालिन्छ।

यो विधिबाट उपचार गराउँदाको प्रक्रिया कस्तो हुन्छ ?
दुखाइको अवस्था हेरेर मात्र यो उपचार गरिन्छ। जस्तो, कुनै एउटै संवेदनशील दुखाइ भइरहेको छ भने मात्र रक्तमोक्षण गरिन्छ। जुनसुकै प्रकारको दुखाइमा यो विधि प्रयोग गर्नु हुँदैन। सम्बन्धित चिकित्सकले जाँच गरेपछि मात्र रक्त मोक्षण गरिन्छ। कुनैमा रगत ननिकाली दुखेको ठाउँमा घर्षण गरेर मात्र पनि उपचार गरिन्छ।

कुनै एउटै संवेदनशील दुखाइ भइरहेको छ भने मात्र रक्तमोक्षण गरिन्छ। जुनसुकै प्रकारको दुखाइमा यो विधि प्रयोग गर्नु हुँदैन।

कतिपय अवस्थामा २० एमएल पनि निकाल्नु पर्दछ। त्यसैले कुन प्रकारको रक्तमोक्षण गर्नै भन्ने बारेमा पनि भर पर्दछ। छालासँग सम्बन्धित, ज्वरो लामो समयसम्म आएको अवस्थामासमेत यो विधि उपयोग गरिन्छ। धेरै ठाउँमा उपचार गरे केही सीप नलागेपछि यहाँ आउने बिरामीहरूलाई अवस्था हेरेर हामीले उपचार गर्दै आएका छौं।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : ०० बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान