भुटानी शरणार्थी प्रकरणको पुनरावलोकन निवेदनमा आज सरकारी वकिलले बहस गर्दै « Khabarhub

भुटानी शरणार्थी प्रकरणको पुनरावलोकन निवेदनमा आज सरकारी वकिलले बहस गर्दै


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा आजबाट सरकारी वकिलले बहस गर्दैछन् ।

गत मंगलबारदेखि उच्च अदालत पाटनमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा प्रतिवादीतर्फका सबै कानुन व्यवसायीको बहस हिजो सकिएपछि आजबाट सरकारी वकिलले बहस गर्नेछन् ।

सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले जबाफी बहस गरेपछि पुनरावलोकन निवेदनमा उच्च अदालतले फैसला सुनाउने छ । सम्भवतः आज र भोलिमा फैसला आउने छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गत असार १ गते थुनछेक आदेश सुनाउँदै १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ । ठगी प्रकरणका अभियुक्त सबैले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा गत साउन १२ गते पुनरावलोकन निवेदन दिएका थिए ।

 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ९ : ५७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल