रास्वपाका सबै सांसद केन्द्रीय सदस्यमा मनोनित, डा. वाग्ले उपसभापति बन्ने निश्चित « Khabarhub

रास्वपाका सबै सांसद केन्द्रीय सदस्यमा मनोनित, डा. वाग्ले उपसभापति बन्ने निश्चित


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरु केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले बताए ।

यसअघि रास्वपाले पार्टीका तर्फबाट प्रतिनिधिसभामा सदस्य रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको थियो । गए राती बसेको रास्वपाका उच्च नेताहरुको बैठकले यस्तो तयारी गरेको थियो ।

बैठकमा उपस्थित एक नेताका अनुसार अहिले नै प्रतिनिधिसभा सदस्यहरुलाई केन्द्रीय सदस्य बनाएर दोहोरो भूमिका दिने की नदिने भन्नेबारे लामै बहस चलेको थियो । तर, उनीहरुलाई केन्द्रीय समितिमा ल्याएर पार्टी अझ बलियो बनाउने भन्ने मत बढी भएकाले यस्तो निर्णय भएको ती नेताले जानकारी दिए ।

उनले भने, ‘यस विषयमा मंगलबार मध्यराति पनि गहन छलफल भएको थियो ।’

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा जारी छ । आज अन्तिम दिनको बैठकमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्ने छन् ।

बैठकमा सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने वा नबनाउने भन्नेबारे पनि बहस भएको थियो । यो विषयमा पनि रास्वपामा दुई मत छ । तर, उच्च स्रोतका अनुसार पार्टी विधानमा २ जना उपसभापती रहने प्रावधान रहेकाले वाग्ले नै उपसभापति बन्ने निश्चित छ ।

उपसभापतिमा महिला हुनुपर्ने आवाज उठेपनि वाग्लेलाई नै उपसभापति बनाउन लामिछानेले फाइनल गरेको बुझिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया