कोशी प्रदेशको बजेट सर्वसम्मतिले पारित « Khabarhub

कोशी प्रदेशको बजेट सर्वसम्मतिले पारित


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशसभाले विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो ।

मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । प्रस्तुत बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव थियो ।

यसअघि उक्त विधेयकमा असहमति राख्दै एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए । तर, उनीहरूले आफ्नो प्रस्ताव फिर्ता लिएसँगै विनियोजन विधेयक निर्णयार्थ पेश भएको थियो । उक्त प्रस्तावलाई सबै दलले ध्वनि मतका साथ समर्थन गरेका थिए ।

खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरूमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई रहेका छन् ।

यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्मा रहेका छन् । विनियोजन विधेयकको सैद्धान्तिक छलफलमा भने एमाले र राप्रपाले पनि असन्तुष्टि राखेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : ०५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल